धीरेन्द्र कुमार सिंह जनमत पार्टी प्रवेश

काठमाडौं । विगत लामो समयदेखि विभिन्न संघ–संस्थामा रहि समाजसेवामा लागेका धीरेन्द्र कुमार सिंह (डिके) सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छन् ।

कलाकारिता, खेलकुद, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सक्रिय सिंहले जनमत पार्टी मार्फत अबको राजनीति अगाडि बढाउने भएका छन् ।

‘हिजोसम्म समाजसेवाका विभिन्न माध्यमबाट जनताको घर आँगनसम्म पुगेर सहयोग गरेँ । अब जनमत पार्टीमा रहेर पनि जनताकै माझमा रहेर जनताकै पक्षमा रहेर काम गर्नेछु,’ उनले भने ।

धीरेन्द्र कुमार सिंहलाई पार्टी प्रवेशका क्रममा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीको सदस्यता सहित खादा ओडाएर स्वागत गरेका हुन् ।

You might also like

Comments are closed.