थपलियालाई थीम्स इन्टरनेशनल युनिभर्सिटीबाट मानार्थ डक्टरेट उपाधी

काठमाडौं । थीम्स इन्टरनेशनल युनिभर्सिटीले नेपालबाट मानार्थ डक्टरेट उपाधीका लागि सुमन थपलियालाई छनोट गरेको छ । साइवर सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका थपलियाले अनररी डक्टरेट अवार्ड प्राप्त गरेका छन् । साइवर सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका उनलाई युनिभसिर्टीले सो अवार्ड प्रदान गरेको हो ।

सो अवार्ड समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने विशेष सम्मान हो । नयाँ दिल्लीको होटल र्याडिसनमा आयोजना गरिएको युभिर्सिटीको आल्मुनि मिटमा थपलियालाई सो अवार्ड प्रदान गरिएको हो ।

साइवर सेक्युसिटीका क्षेत्रमा सन् २०१८ देखि काम गरिरहेका थपलियाले साइवर सेक्युरिटीका क्षेत्रमा विभिन्न उपलब्धि पनि हाँसिल गरेका छन् । CEH, CHFI, CISO, CISA बाट मान्यता प्राप्त सर्टिफिकेट उनीसँग छन् । नेपालमा मात्र नभई उनले अष्ट्रेलिया, मलेसिया, अमेरिकाको शिक्षा क्षेत्रमा पनि योगदान पुर्याएका छन् ।

थपलियाले सफ्टटेक फाउन्डेसन, वेबसर्फर, वल्र्डलिंक, वन कभर, इन्फिनिटी, क्रिप्टोजेन नेपाल, ईन्भिजन नेपाल र अन्य जस्ता नामांकित साइबर सुरक्षा कम्पनीहरूमा सेवा र नेतृत्व गरेका छन् । एकै समयमा धेरै भूमिकाहरूमा सक्रिय रहने क्षमता राख्ने थपलियाले नेपालको साइबर सुरक्षाका क्षेत्रमा छोटो समयमा अग्रणी पहिचान स्थापित गरेका छन् ।

थपलिया टेक्सास इन्टरनेशनल एजुकेशनल नेटवर्कमा आईटी विभागका प्रमुख हुन् । जहाँ उनले आईटी कार्यक्रमहरूको नेतृत्व गर्दै आइरहेका छन् ।

थीम्स इन्टरनेशनल युनिभर्सिटीले नेपालबाट मानार्थ डक्टरेट उपाधी प्राप्त हुँदा गौरव महसुस भएको थपलियाले बताए । ‘आफ्नो क्षेत्रमा अझै राम्रोसँग काम गर्ने प्रोत्साहन मिलेको छ,’ उनले भने ।

You might also like

Comments are closed.