ई-सेवाको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत पूर्णबहादुरले जिते काठमाडौंमा घर

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जितेका छन् । शुक्रवार फेसबुक पेजमार्फत कम्पनीले गरेका प्रत्यक्ष डिजिटल गोलाप्रथामा श्रेष्ठले घर जितेका हुन् । विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन् ।

पत्रकार सम्मेलन सहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक डेनियल डी श्रेष्ठले कम्पनीले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले अभियान सञ्चालनको उद्देश्य पूरा भएको बताए ।

You might also like

Comments are closed.