‘सीमित स्रोत र साधन भएको देशमा वितरणमुखी बजेट धान्न चुनौतिपूर्ण हुन्छ’

काठमाडौं । नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बजेट वितरणमुखी हुँदा अर्थतन्त्रलाई धान्न समस्या हुन्छ कि भन्ने चुनौति देखिएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक गरेका छन् ।

मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्था रहेको बताउँदै अध्यक्ष मल्लले बजेटले खर्च धान्नका लागि चुनौतिपूर्ण रहने प्रतिक्रिया दिएका हुन् । ‘चालु खर्च नै ११ अर्ब छ । बजेटको साइज अनुसार खर्च नै धेरै हुने भयो,’ उनले भने ।

सामाजिक सुरक्षा लगायत अन्य क्षेत्रमा खर्च बढिरहेको बताउँदै मल्लले भने, ‘हाम्रो सीमित स्रोत र साधन भएको देशमा वितरणमुखी बजेट हुँदा अर्थतन्त्रलाई धान्न गाह्रो हुन्छ कि भन्ने हामीलाई लागेको छ ।’

बजेतको विस्तृत अध्ययनपछि च्याम्बरको आधिकारिक धारणा सार्वजनिक गर्ने पनि मल्लले बताए ।

You might also like

Comments are closed.