भाग्यमानी दर्शकलाई पाण्डे कम्प्युटरबाट ल्यापटप उपहार

गुणानिधि पाण्डे
पूर्व अध्यक्ष
क्यान महासंघ, कास्की

आइटी क्षेत्रमा विश्वमा उत्पादन भएका नविनतम प्रविधिलाई इन्फोटेकमा आएर अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । नवौं संस्करणसम्म आउँदा वर्षेनी इन्फोटेक परिस्कृति भइरहेको छ । दर्शकको चाहना र सुझावलाई समेत मध्येनजर गरेर हामी अनुसार अगाडि बढिरहेका छौं । इन्फोटेकमा वर्षेनी अवलोकनकर्ताहरुको आकर्षण बढिरहेको छ । नेपालमा भित्रिएका सम्पूर्ण प्रविधिका आधिकारिक बिक्रेता नै इन्फोटेकमा प्रत्यक्ष सहभागिता हुने हुँदा यसको विशेष महत्व रहन्छ ।

इन्फोटेक यस पटक अझ बढी सफल हुने मैले विश्वास लिएको छु । क्यान इन्फोटेक सफल पार्न हामीले वर्षेनी कुनै न कुनै सहकार्य गरिरहेका छौं । यस पटक म सञ्चालक रहेको पाण्डे कम्प्युटरबाट इन्फोटेकलाई टिकटमा ल्यापटप उपहार प्रदान गर्न स्पोन्सर गरेका छौं । ल्यापटप उपहारले इन्फोटेकमा थप आकर्षण बढाएको छ । दर्शकमध्ये लक्की ड्रका आधारमा भाग्यमानी दर्शकलाई अन्तिम दिन पाण्डे कम्प्युटरले ल्यापटप उपहार प्रदान गर्नेछ ।

You might also like

Comments are closed.