बैंकका कर्मचारीलाई ‘एनएफआरएस–९ तालीम’

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना र ई एण्ड वाई श्रीलंकाको सहयोगमा आयोजना गरिएको तीनदिने ‘एनएफआरएस–९ तालीम’ शुरू भएको छ । तालीमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत थापाले गरेका हुन् ।

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा इन्ष्टच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुंगेल तथा डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । ३ दिनसम्म चल्ने उक्त तालिममा बिकास बैंकका वित्त, लेखापरिक्षण आदि विभागका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रमको तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

jutta mela

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यस्का लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरु लगाएतले जान्न र बुझ्नु पर्ने बिषय भएकाले सुझावका र आवश्यक्ताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए ।

You might also like

Comments are closed.