एक्स्पर्ट पोखराद्वारा विद्यार्थीलाई टिसर्ट र शिक्षकलाई छाता प्रदान

पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज पोखराले माछापुच्छ्रे गाउँपालिका २ खैम्राङमा रहेको श्री कृष्ण महादेव आधारभुत विद्यालयका विद्यार्थीलाई टिसर्ट र शिक्षकलाई छाता प्रदान गरेको छ ।

विद्यालयमा रहेका ४० जना विद्यार्थीलाई एक्स्पर्टको टिसर्ट र ११ जना शिक्षक तथा कर्मचारीलाई छाता प्रदान गरिएको बताइएको छ ।
आफ्नो कमाइको केही प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्दै अएकोले आफुहरुले विद्यार्थी तथा शिक्षकलाई टिसर्ट र छाता प्रदान गरेको एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज पोखराका मार्केटिङ तथा पव्लिक रिलेसन हेड विष्णुप्रसाद गौतमले जानकारी दिए ।

विद्यालयमा हप्तामा २ दिन विद्यालय पोशाकभन्दा अन्य पोशाक लगाउन पाइने भएकोले र विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरु भएकोले विद्यार्थीलाई सहज होस् भनेर हामीले टिर्सट वितरण गरेका हौं, गौतमले भने । कार्यक्रममा एक्स्पर्टका एडमिनिष्ट्रेसन अफिसर दिपेश गौतम, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थी सहभागी थिए ।

 

You might also like

Comments are closed.