काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन भएका छन् । महासंघको प्रथम साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन् ।
संघको वाग्मती प्रदेश संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकी प्रदेश संयोजकमा ओकील (शंकर) मान तुलाधर उदास र कर्णाली प्रदेश संयोजकमा रमेशकुमार केसी चयन भएका छन् । महासंघको ४ प्रदेश संघ र ३० जिल्ला संघ विस्तार भएका छन् भने कार्यसमितिको पदावधि ४ वर्षको रहने छ ।
नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनित गरेको छ । त्यसैगरि सदस्यहरमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राईलाई मनोनित गरिएको नवनिवार्चित अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
Comments are closed.