जुनियर कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न जापान जान लागेका कृजललाई बिदाई

पोखरा ९ चैत ।

जापानमा आगामी मार्च २९ देखी आयोजना हुने अन्तर्राष्ट्रिय जुनियर (यु–१२) कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न जान लागेका ईन्द्रेणी एकेडेमीका कृजल (बिनय) तामाङलाई एक कार्यक्रममा बिच ईन्द्रेणी बिकास केन्द्रले बिदाई गरेको छ ।

शनिबार पुरानो टुडिखेलमा आयोजित कार्यक्रममा ईन्द्रणी बिकास केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र रमण पराजुली, केन्द्रका अध्यक्ष भानु अधिकारी, प्रशिक्षक अन्जन देवकोटा तथा दिलिप गुरुङ र अभिभावकहरुले फुलको गुच्छा र खादा लगाई बिदाई गरेको हो ।

सो अबसरमा केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र रमण पाराजुलीले तामाङलाई बधाई तथा शुभकामना ब्यक्त गरे । उनले ईन्द्रणी एकेडेमीमा फुटबल प्रशिक्षण लिदै आएका किशोर नेपाली टिमको अन्डर १२ मा परेकोमा खुशी ब्यक्त गर्दै जापानमा गएर उत्कृष्ट खेल प्रर्दशन गर्नेमा बिश्वास ब्यक्त गरे ।

त्यस्तै केन्द्रका अध्यक्ष भानु अधिकारीले अण्डर १२ तर्फ ईन्द्रणी एकेडेमीबाट नेपालको टिममा कृजल पर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै अन्य प्रशिक्षार्थीहरुलाई समेत मनोबल बढेको धारणा ब्यक्त गरे । अधिकारीले ईन्द्रणी बिकास केन्द्र सामाजिक कार्यको साथै खेल क्षेत्रको बिकासका लागि सदैब अग्रसर रहने बताएका थिए ।

कार्यक्रममा जापान जान लागेका तामाङलाई हरिचोक टुडिखेल टोल बिकास संस्था तथा प्रशिक्षार्थीका अभिभावकहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सो ऐकेडेमीको हाल बिभिन्न उमेर समुहका ४० भन्दा बढि प्रशिक्षार्थीहरु फुटबल प्रशिक्षण लिईलरहेको एकेडेमीले जनाएको छ ।

You might also like

Comments are closed.

Secret Link