पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न भनेर हामी आएपछिको पहिलो निर्णय भएको थियो । गण्डकी प्रदेश सरकारले पनि पठाइसकेको छ । मुख्यसचिव ज्यूको टेबलमा रोकिएको छ ।
कोही उद्योगको राजधानी होलान्, कोही के होलान् । जोसँग जे छ त्यही बेच्ने हो । दुबइ कुनैबेला मरुभूमि भएको बुझिन्थ्यो । आज उहाँहरु संसारभर तरकारी निर्यात गर्ने ठाउँमा पुग्दै हुनुहुन्छ थोपा सिँचाइ गरेर । हरियाली त हाम्रोभन्दा राम्रो हुन थालिसक्यो । त्यहाँको बालुवा ‘डेजर्ट सफारी’भनेर नयाँ नयाँ प्रोडक्ट आइसक्यो । नभए पनि बनाउन सकिने रहेछ, भएको चिज बेच्नुपर्ने रहेछ ।
हामीसँग कल्चर, एडभेन्चर छ भने बेच्ने यही हो । यसलाई व्यवस्थित तरिकाले बेच्न सक्नुपर्छ । हामी केही लाख पर्यटक ल्याउने कुरा गरिराखेका छौं । कतिपय देशमा त्यो देशको जनसंख्याभन्दा कयौं गुणा बढी पर्यटक गएको हामी देखेकै छौं । माल्दिभ्समा त्यहाँको मुद्रा नै देख्न नपाइने रहेछ । सबै पसलमा डलरको कारोबार हुने रहेछ ।
अहिले हामी पर्यटन दशकको कुरा गरिराखेका छौं तर हामीसँग कति पर्यटक आए भन्ने तथ्यांक नै छैन । हाम्रो पर्यटक गुणस्तरीय कसरी ल्याउने भन्नेमा योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्छ । पर्यटकीय राजधानी घोषणा भयो भने पर्यटकलाई के दिने भन्ने अर्को प्रश्न छ । सुरक्षा, पूर्वाधारका कुरामा राज्यले ध्यान दिनुपर्छ, छुटका कुरा हुन्छन् ।
जति बिग्रने हो पोखरा बिग्रिसकेको छ । पोखरालाई पर्यटनमैत्री, सफा, हरियाली कसरी कायम गर्ने भनेर हामीले सोचिरहेका छौं । पोखरालाई बाह्रै मासे पर्यटक आइरहने बनाउनुपर्छ । सिजनमा महँगो होइन सस्तो बनाऔं । नयाँ वर्षमा अल्लि धेरै नै पैसा लिन्छौं । यस्ता कुरामा पनि ध्यान दिने हो कि ?
पोखराको पूर्वाधार विकासमा अल्पकालीन र दीर्घकालीन योजनाअनुसार अहिले हामी गइरहेका छौं । खासमा पोखराको गुरुयोजना बनेकै रहिन्छ । अहिले हामी पोखरा र पर्यटनको गुरुयोजना बनाएर अगाडि बढ्ने योजनामा छौं । त्यतिबेला प्रशासक शंकरराज पाठकहरु दुर्दर्शी नभएको भए आज पोखराको यो रुप पनि रहने थिएन । सहरलाई जथाभावी कुरुप बनाउने काम गरिरहेका छौं । यसलाई नियन्त्रण गर्न हाम्रो प्रयास छ ।
ढललाई लाजै नमानी फेवातालमा मिसाएका छौं । १९ वटा पर्यटकीय संस्थाले फेवातालमा ढल मिसाएको भिडियो नै छ हामीसँग । घर र जेलले तालमा मिसिने फिर्के खोलामा ढल लगिएको छ । हामीले उहाँहरुलाई त्यो व्यवस्थापन गर्न भनिसकेका छौं ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसिडेन्सअर्थात् लेकसाइडसम्म पुग्न वैकल्पिक मार्ग बनाउन खोजेका छौं । विमानस्थलबाट फलेपाटन, वनविज्ञान क्याम्पस, बिरौटा हुँदै फिस्टेल गेटसम्म साढे पाँच किलोमिटरको परियोजना एडीबीसँग मिलेर सुरु गर्दै छौं ।
कोयकासँग मिलेर ५ अर्बको परियोजना सुरु गरेका छौं । पोखरा सुरक्षित छ भनेर पनि हामीले भन्न सक्नुपर्छ । पोखराका सीसीटिभी जोड्न खोजिरहेका छौं ।
लेकसाइडलाई अबेर रात वा २४ घण्टा नै चलाउन सक्छौं भन्नेमा पहल गरौं । लेकसाइड रेसिडेन्स एरियाबाट विस्तारै हटाइनुपर्छ । जुन यहाँ बसिराख्नुभएको छ उहाँहरुले राति सुत्न पाएनौं भन्नुभएको छ । सुत्ने क्षेत्रभन्दा पनि व्यावसायिक क्षेत्रका रुपमा प्रवद्र्धन गर्नेमा ध्यान दिऔं ।
ताल संरक्षणको विषय बोलेर साध्य लाग्दैन । यसमा हामी सचेत छौं, अघि बढ्दै छौं । हामीले एक अर्बको प्रोजेक्ट बेगनास तालमा सुरु गर्दै छौं । यसमा स्थानीय साथीलाई प्राथमिकता दिन्छौं । मोटरबोट ल्याएर देखाउनुभएको छ । यस्तो गर्नु भएन ।
महानगरपालिकाको मुख्य प्राथमिकता पर्यटन । १० वर्ष पहिला र्हो केही लाखमात्रै छुट्याउने गथ्र्यौं । अघिल्लो वर्ष ५५ करोड रुपैयाँमात्र थियो । पर्यटक औसतमा २ दिन बस्छन् भनिन्छ । यो हो–होइन भन्ने पनि यकीन छैन । हामीले बसाइँ ४ दिनसम्म बनाउनका लागि गन्तव्य थप्नु पर्नेछ ।
धार्मिक पर्यटन पनि अर्को महत्वपूर्ण विषय हो । पोखरा मुक्तिक्षेत्रको प्रवेश द्वार हो भनेर यो वर्ष मुक्तिनाथ मन्दिरका प्रमुख पुजारीको साथ–सहयोगमा पोखरामा प्रवेशद्वार बनाउँदै छौं । यो डीपीआरकै चरणमा छ ।
(पोखरा महानगरपालिकाका प्रमुख आचार्यले आर्थिक आवाजले असार १७ गते आयोजना गरेको ‘दीगो पर्यटन र विकास’ विषयक अन्तक्र्रियामा व्यक्त गरेको विचार ।)
Comments are closed.