पर्यटन भनेको हामीले पाहुनालाई कस्तो व्यवहार गर्छौं भन्नेमा पनि भर पर्छ । पहिला व्यवहार सुधार्न सक्नुपर्छ । व्यवसाय गर्नेको व्यवहार ठिक हुनुपर्छ र स्वाभिमानी पनि हुनुपर्छ । नेपालीलाई एउटा, विदेशीलाई एउटा मूल्य भयो भने त्यो व्यवहार ठिक भएन । न्यायको सिद्धान्त अबलम्बन गरेर एउटै मूल्य बनाउनुपर्छ ।
हामीलाई प्रकृतिले धेरै दिएको छ । म यूरोपका धेरै ठाउँ घुमेँ । मान्छेले नै बनाएर गन्तव्यमा कति पर्यटक लोभिएका छन्, कतै प्रकृतिले दिँदा पनि लोभिएका छैनन् । कसरी लोभ्याउने बनाउने भनेर सोच्नुपर्छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको पिठो चामल पनि बिक्दैन भनिन्छ । हामीले बिकाउनका लागि योजना चाहिन्छ । प्रतिस्पर्धा एक ठाउँमा छ तर हामी कसरी पाहुना ल्याउन सक्छौं भन्नेमा एकजुट हुनुपर्छ ।
हामीले पोखरा सहरमात्र हेरेर हुँदैन । पोखराबाट पुम्दीकोट, अन्नपूर्ण राउण्ड, ढोरपाटन कसरी पु¥याउने, घुम्दाघुम्दै १५ दिनसम्म एक ठाउँबाट अर्को ठाउँसम्म जाने, नयाँ ठाउँ कसरी विस्तार गर्नेमा हामी कति गम्भीर छौं ? पोखराबाट बाहिर जानै हुन्न भन्ने सोच हुनु भएन । घुम्न गएर, पोखरामा बास बस्न आउन् भन्ने गरेर जाऊँ ।
होमस्टेबारे प्रश्न उठेको छ । गाउँ रित्तिएर वनमाराले ढाकेको छ । त्यो गाउँका मानिसलाई त्यहीँ बस्ने कसरी बनाउने भनेर सोच्न आवश्यक छ । होमस्टे चलाएर आयात गरेर ल्याएर होइन, त्यहीँ पाइने काउली, बन्दा, टमाटर, लोकल खसी, लोकल कुखुरा खुवाउनुपर्छ । अहिले कोदोको रक्सी ब्राण्डिङ गर्ने भनेका छौं । कसरी हुन्छ स्थानीय उत्पादन प्रवद्र्धन गर्नुपर्छ ।
नेदरल्याण्डको होल्याण्डमा चिलिम तान्न धनाढ्य जाँदा रहेछन् । हामीकहाँ प्रशस्त गाँजा खेती गर्न सकिन्छ । अन्तर्राष्ट्रिय सन्धीलाई खुकुलो बनाएर हामी जान सकिन्छ । कस्तुरी आफ्नै सुगन्ध खोज्दै हिँड्छ भनेजस्तै हामीसँग सम्भावनाका सुगन्ध छ भन्ने थाहा पाएका छैनौं । सुगन्ध पहिचान गरेर इमानदार भएर जानुपर्छ । भैंसीदेखि जोगी डरायो, जोगीदेखि भैंसी डरायो भनेजस्तै व्यवसायी तितरबितर हुनु भएन । हाम्रो व्यवसायलाई असल व्यवहारले प्रचार गरेर चलाउने हो । एउटा पर्यटकलाई महँगो भन्यौं, नराम्रो व्यवहार ग¥यौं भने उसले आफ्नो देशमा गएर के भन्छ ? त्यसैले आफ्नो व्यवहार ठिक गरौं ।
पर्यटनको क्षेत्रमा के–के गर्न सकिन्छ भन्ने पर्यटन व्यवसायी साथीहरु बसौं । हामी के–के गर्न सकिन्छ भन्नेमा गम्भीर भएर छलफल गरौं । हामी आफैं खाने, आफैं गर्ने, आफैंमात्र धनी हुने भन्नेमात्र भएर भएन । मिलेर जाऔं । रक्सी खाएर साधन चलाउन पाउनपर्छ भन्न भएन । हामी विधिको शासनलाई मानेर क्रियाकलाप अघि बढाउनुपर्छ ।
(गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री थापाले आर्थिक आवाजले असार १७ गते पोखरामा आयोजना गरेको दीगो पर्यटन र विकास विषयक अन्तक्र्रियामा व्यक्त गरेको विचार ।)
Comments are closed.