नेकपाका जन परिषद तमुवान संयोजक पक्राउ

पोखरा, चैत १२

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता किसानसिंह गुरुङलाई प्रहरीले पोखराको लेखनाथबाट पक्राउ गरेको छ । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता सिंहलाई मंगलबार दिउँसो प्रहरीले पोखराको लेखनाथस्थित रिट्ठेपानीबाट पक्राउ गरेको हो । गुरुङ नेकपाको जन परिषद तमुवान संयोजक रहेको बताइएको छ ।

jutta mela

जन परिषद संयोजक गुरुङलाई पोखरा महानगरपालिका वडा नम्बर २७ बगादीखोलामा रहेको घरबाट पक्राउ गरेको प्रहरी श्रोतले बताएको छ । पुरानो घर धम्पुस भई भण्डारढीक बसाईं सरेका गुरुङ केहि वर्षदेखी रिट्ठेपानीस्थित बगादीखोलामा घर बनाएर बस्दै आएका थिए । पक्राउ परेका गुरुङ लेखनाथ निर्माण व्यवसायी समितिका निवर्तमान अध्यक्षसमेत हुन् ।

मंगलबार दिउँसो पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर राखिएको छ । गुरुङलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको कास्की प्रहरी श्रोतले बताएको छ । उनलाई संगठित अपराध सम्बन्धि मुद्धा चलाइने प्रहरी श्रोतको भनाई छ ।

You might also like

Comments are closed.