डा. भट्टराई आएपछि फेरियो शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको मुहार

काठमाडौं ।  खजुरा ७, बांकेमा रहेको शुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल हो ।अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गरिरहेका छन् डा. निरज भट्टराईले । डा.भट्टराईले अस्पतालका कार्यकारी निर्देशकको कार्यभार सम्हालेको ९ महिना मात्र भएको छ । ९ महिनामा अस्पतालको मुहार फेरिएको छ । स्थानीय तह, समाजिक संघ संस्था, सरकारी निकायसँगको समन्वयमा अस्पतालमा धेरै काम भएका छन् ।

डा. भट्टराईको पहलमा छोटो समयमा नै अस्पतालमा धेरै सुधारका काम भएका छन् । अस्पतालमा पश्चिम नेपालको पहिलो लिन्याक मेसिन जडान भईरहेको छ भने पोजेटिम प्रेशर आइसियु संचालनमा आएको छ । अस्पतालमा २४ सै घण्टा ल्याव र एक्सरे सुविधा शुरु भएको छ भने विरामीले अनलाइनबाट टिकट काट्न तथा रिपोर्ट हेर्न पाउने भएका छन् । बिरामीले छिटो छरितो स्वास्थ्य सेवा पाउन थालेका छन् ।

गाँउपालिकासँगको सहकार्यमा ब्लड बैंक स्थापना भई संचालनको तयारीमा रहेको डा. भट्टराईले जानकारी दिए।  स्वास्थ्य सेवा विभागको समन्वयमा प्लाज्माफेरेसिस मेसिन ल्याई परीक्षण गरिसकिएको र शिघ्र सेवा शुरु हुने उनले बताए । सुरक्षाको दृष्टिकोणले संवेदनशिल क्षेत्र भएकोले अस्पताल परिसरमा गाँउपालिकाको सहकार्यमा हाई मास्ट लाइट जडान गरिएको छ ।

हस्पिस तथा प्यालिएटिभ केयरको लागि बनाइएको भवनको काम रोकिएकामा लायन्स क्लवसँगको सहकार्यमा काम शुरु भई अन्तिम चरणमा पुगेको बताइएको छ । क्यान्सर अस्पतालको क्यान्सर केन्द्रित स्थाई दरबन्दी संरचना तयार भएको र साउनको सुरूमा पेश गर्ने गरी तयारी भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयको समन्वय र सहयोगमा नेपालगंज भंसारबाट १ थान जीप प्राप्त भई संचालन गरिरहेको छ ।
अस्पतालको लागि डेडिकेटेड लाईन को लागि आग्रह गरेकोमा विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिंङले स्वयम् स्थलगत भ्रमण गरी प्रकृया अगाडि बढेको र ट्रान्फर्मरका लागी आवश्यक बजेट पनि विनियोजित भइसकेको बताइएको छ ।  विरामीलाई यातायातको सहज व्यवस्था गराउनका लागि अस्पतालको गेटसम्म सार्वजनिक सवारी साधनको रुट कायम गरिदिन नेपालगंज उप नगरपालिका एवं कोहलपूर नगरपालिकासंग पहल भइरहेको छ ।

लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशकै एकमात्र क्यान्सर अस्पताल भएकोले पश्चिम नेपालका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ कार्यक्रम तथा क्यान्सर सम्वन्धी शिविर , जनचेतनामूलक कार्यक्रम, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको उपस्थितिमा conference, symposium सम्पन्न भएका छन् ।

उनी सम्भवत पश्चिम नेपालमै पहिलो नेपाल सरकारको कार्डियोथोरासिक तथा भास्कुलर सर्जनको दरबन्दीमा खटिएको चिकित्सक पनि हुन्।  फोक्सो , स्तन, रक्तनली , खाद्यनलीका क्यान्सरका उपचार बाहेक पनि पश्चिम नेपालको एकमात्र कार्डियोथोरासिक तथा भास्कुलर सर्जन भएकाले किड्नी फेल भएका बिरामीको डाईलाईसिस गर्न अत्यावश्यक “ए भी फिस्टुला” पनि बनाउछन् डा. भट्टराई ।

त्यसबाहेक दुर्घटनामा परि हात, खुट्टाका रक्तनली काटीएका बिरामीको रगतको नशा जोड्ने अपरेशनगर्ने डाक्टर पनि उनी मात्र भएकाले पश्चिमका धेरै बिरामी लाभान्वित भएका छन् भने अंगभंग हुनबाट जोगिएका छन् ।

उनले स्वास्थ्य मन्त्रालयसॅंग गरेको समन्वयमा गरेको पहलले शुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नेपाल – भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासद्वारा नेपाल सरकारका  शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा नेपालका लागि भारतका  राजदुतको उपस्थितिमा १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण भैसकेको छ।

You might also like

Comments are closed.