कार्यकारी निर्देशक काफ्लेका अनुसार स्थापनाकालमा तीन सय एक शैय्या रहेको अस्पतालमा अहिले आठ सय एक शैय्या रहेको जानकारी दिँदै प्राडा काफ्लेले छोटो समयका लागि थप दुई सय शैय्यासमेत गरी एकैपटक एक हजार बिरामी अस्पतालमा भर्ना गरी उपचार गर्न सकिने व्यवस्था रहेको छ ।
त्रिवि शिक्षण अस्पतालका बिरामी खचाखच हुने गरेकाले अधिक चाप परेको समयमा अस्पतालमा वैकल्पिक व्यवस्था गरी बिरामीको उपचार व्यवस्था मिलाउने गरेको उनले जानकारी दिए ।
कार्यकारी निर्देशक काफ्लेले अस्पतालमा करिब दुई सय फ्याकल्टी डक्टर र नौ सय नर्सिङ स्टाफसहित अन्य आवश्यकीय जनशक्ति विभिन्न सिफ्टमा खटिएर अहोरात्र सेवा प्रदान गरिहेको जानकारी दिए ।
उनले सर्वसुलभ एवं गुणस्तरीय सेवा प्रदान गरी आमजनतालाई विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने एकमात्र लक्ष्य रहेको अस्पताललाई समाजका सबै क्षेत्रबाट साथ, सहयोग आवश्यक रहेको बताए । विभिन्न तह र पदका गरी करिब छ सय दरबन्दीको आर्थिक दायित्व सरकारले ब्यहोर्ने भएकाले बाँकी जनशक्तिका सेवासुविधा भने अस्पताल आफैँले व्यवस्था गर्नुपर्नेसमेत उनले जानकारी दिए । रासस
Comments are closed.