काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. ले नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रमाणपत्र प्राप्त पश्चात् अब कलश स्टकले ७४ नम्मबरबाट ब्रोकरको रुपमा कारोबार सञ्चालन गर्ने ब्रोकरका कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिए ।
हाल ब्रोकरले बुद्धनगरबाट आफ्नो सेवा सञ्चालन गर्ने एवं निकट भविष्यमा नै देशका विभिन्न स्थानमा शाखा विस्तार मार्फत सेवा प्रदान गर्ने योजना रहेको छ । ब्रोकरले निक्षेप सदस्यता सेवा समेत सञ्चालन गरी ग्राहकलाई छिटो छरितो एवं आकर्षक सुविधासहित कारोबार गर्ने योजना समेत लिएको छ ।
ब्रोकरले साउन महिना भित्रै औपचारिक रुपमा कारोबार सञ्चालन गर्ने अधिकारीले बताए ।
Comments are closed.