‘विद्यार्थी पढाईमा अब्बल साथै मानवीय संवेदनशिलता जोडिएको हुनुपर्छ’

पोखरा । पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले शैक्षिक प्रशिक्षणसहितको कार्यक्रम आयोजना गरी कक्षा ११ का साइन्स, म्यानेजेमन्ट र होटल म्यानेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । विद्यार्थीलाई संस्थापक अध्यक्ष अशोक पालिखे, विद्यालयका शिक्षक लगायतले फूलमाला लगाएर स्वागत गरेका थिए । साथै अभिभावकलाई खादा लगाएर सम्मान गरिएको थियो ।

सो अवसरमा आयोजना गरिएको “फाईन्डिङ योर बेटर करियर पथ” विषयक प्रशिक्षण कार्यक्रममा उत्प्रेरक, जीवन कोच तथा कर्पोरेट ट्रेनर रविन कटवालले मानिसलाई शक्तिशाली बनाउने बलियो माध्यम शिक्षा नै भएको बताए ।

शिक्षा नभए मान्छे बन्न त सकिएका तर घरका लागि, समाजका लागि विश्वका लागि मान्छे बन्न नसक्ने बताए । उनले अबको पुस्ता अनि आईरहने पुस्तालाई शिक्षाका साथसाथै सुसंस्कृत शिक्षाले शक्तिसाली बनाउन शिक्षालय, विद्यार्थी र अविभावकको दायित्व महत्वपूर्ण रहेको बताए । कार्यक्रममा उनले विद्यालयको शिक्षाका साथमा घरको सुसंस्कृत र संस्कारगत शिक्षा, आचरण, व्यवहार जरुरी भएको बताए ।

अबका विद्यार्थी पढाईमा अब्बल हुन त पर्छ नै तर त्यो अब्बल पढाईका साथमा मानवीय शिक्षा जोडिएको र जानेको हुनुपर्छ ।विद्यार्थीले मानवीय संवेदनशिलतालाई बुझ्न जरुरी भईसकेको छ । बृद्ध अवश्थाका आमा बाबालाई मानव आश्रममा नभई घरमै, समाजमै उच्च सम्मानका साथ राख्ने ल्याकत राख्नुपर्छ ।

तपाँई जस्तोसुकै विषयको अध्ययन गर्नुस् सबै महत्वपूर्ण छन् । पहिले पैसालाई प्राथमिकता दिने होइन । कुनै विषयको शिक्षालाई ग्रहण गर्नुस्, शिक्षित बन्नुस् तब त्यो शिक्षा लिएको मान्छे नै विश्वभर पुजिन्छ कटवालले भने ।

कटवालले विद्यार्थीलाई हौसला दिदैं भने, हेलन केलरले जन्मेको अढाई वर्षमा नै रोगको कारण दृष्टि गुमाउनु भयो । बोलि गुमाउनु भयो र कानले सुन्ने क्षमता गुमाउनु भयो । तर उहाँ पछि विश्वले मानेको, चिनेको व्यक्ति शिक्षाकै कारणले हुनुभयो । उहाँ ज्ञानकै कारण लेखक, प्रोफेसर र राजनितिज्ञ हुनुभयो ।

विद्यार्थीले गर्ने संगतले पनि फरक पार्दछ । तपाँईले कस्तोको संगत गर्नुहुन्छ त्यसले माने राख्छ । पाँचजना विज्ञका कुराहरु सुन्नुहुन्छ भने पक्कै छैटौं क्रममा तपाँई सोहि विज्ञताको लाईनमा स्वतः आउनुहुन्छ । तर पाँचै जना गलत प्रकृत्ति भएकासंग संगत गर्नुहुन्छ भने फल पनि त्यस्तै आउँछ । यसमा अविभावकले पनि बेला बेलामा निगरानी गर्न जरुरी हुन्छ, उनले भने ।

समाजमा चार प्रकारका साथीहरु हुन्छन् । विद्यार्थीले ख्याल गर्नुपर्छ । हलो भन्ने, भलो गर्ने अनि चलो र दलो प्रबृत्तिका हुन्छन् । जस्ले हलो भनेर हिंडिरहन्छ उसको मिजासिलोपन, सबैसंग मिलनसार हुने, चिनजानको हुने हुन्छ । यो राम्रो प्रवृति हो । अर्को भलोका कुराहरु गर्ने, सहयोगि बन्ने, भलो चिताउने हुन्छन् यीनको संगत पनि राम्रो मानिन्छ । तर विद्यार्थीले ख्याल गर्नुपर्ने चलो र दलो खालकालाई हो । यो प्रवृत्तिका आफुले पनि नपढ्ने र अरुलाई लहलहैमा पढ्नबाट बञ्चित गराउँछन् ध्यान दिनुहोला। सिनेमा हेर्न, कन्सर्ट हेर्न जाम भन्लान वा यस्तै अरु अनि त्यहाँ गएर केहि खानुपर्ला । पैसा तिर्ने बेलामा भागिहाल्ने वा आफैंलाई तिराउने खालका हुन्छन् उनीहरुबाट जोगिन अत्यन्त जरुरी हुन्छ ।

तपाँईले सोचाई कस्तो बनाउने, गरिब वा धनी रु सम्पन्न सोचाई राखौं । सधै सकारात्मक सोचले अघि बढ्ने बानिको विकास गरौं । यसका लागि हामीलाई शिक्षाले ठूलो मद्यत गर्छ । सबैभन्दा महत्वपूर्ण र शक्तिशाली शिक्षा नै हो ।

सफल हुनका लागि मेहनत गर्नुपछ । सहने क्षमता चाहिन्छ । फरक तथा विशिष्ट व्यवहारिक गुण भएको हुनुपर्छ । संसारमा कर्म गर्नेले नै फल पाउँछ । यसका लागि कर्म गर्ने लक्ष्य निर्धारण गर्नुपर्छ औसतमा होईन । कुमुदिनी विद्यालयले लिएको जस्तै “सधैं उच्च लक्ष्य” हो जहिले पनि एक्सिलेन्ट बन्नुपर्छ । यतिले मात्रै पुग्दैन एक्सपर्ट नै बन्नुपर्छ ।

विद्यार्थीमा ठूलो कुरा सहनशिलता, संयमता, धैर्यताको आवश्यक्ता हुन्छ । पढाईमा ध्यान दिनुपर्यो । आत्मविश्वासि हुनुस् । नडराउनुस् । आफैंलाई विश्वास गर्ने बानिको विकास गरौं र निर्णय गर्ने क्षमता राखेर अघि बढे लक्ष्यमा पुगिन्छ, कटवाले भने ।

अद्भुत क्षमताको बन्नुपर्छ त्यो क्षमता मैले विद्यार्थीमा देखेको छु, कटवाले भने, थोमस एल्बा एडिसनले बट्टामा बिजुली बाल्छु भन्दा कसैले पत्याएनन् तर उनले बालेरै देखाए । राईट दाजुभाईले हावामा जहाज उडाउने कुरालाई सबैले हावा कुरा भने तर संभव तुल्याए नि होईन रु त्यसो हो भने राम्रो गर्ने आँट गर्नुस् राम्रो नैहुन्छ कुनै फरक पर्दैन ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कक्षा ११ का लागि साईन्स, व्यवस्थापन र होटल म्यानेजमेन्ट का विद्यार्थीहरु रुचिका साथ आएको बताए । उनले सफलताका कुराहरु सुनाउदै भने, हाम्रा विद्यार्थी प्लस टू गरेर जाने २०७८ का ४ जनामा आयुष्मान अमात्यले जापानमा स्कलरसिपमा पढीरहेका छन्। समिक्षा अधिकारीले अमेरिकामा पढिरहेकी छन् । बृश ढकालले पोखरा यूनिभसिटिमा स्कलरसिपमा अध्ययन गरिरहेका छन् । २०७९ मा इन्जिनियरिङमा दुई जनाले पाएका छन् । विद्यार्थीहरूको यो सफलताले हामीलाइ खुसी तुल्याएको छ । नर्सिङमा एक जनाले पाएका छन् । पुल्चोक क्याम्पस जो एशियाकै वेष्ट वान इन्जिनियरिङ कलेजमा पर्छ । १० हजार विद्यार्थीमध्ये टप टेनभित्र पर्न सफल भए सलोन श्रेष्ठ । गण्डकीमा दोश्रो र कास्किमा उनी टपर पनि हुन । पोखरा यूनिभर्सिटिमा उनले ५ सय विद्यार्थीमध्ये टपमा नाम निकाल्न सफल भए । पूर्णिमा श्रेष्ठले पुल्चोकमा नाम निकालेर पोखरा यूनिर्भसिटिमा पनि नाम निकाल्न सफल भईन् ।

सुनिता आचार्यले टियूको बिएससि नर्सिङमा नाम निकालिन । हाम्रै पूर्व विद्यार्थी यमूना आचार्य भेटेरीनरी डाक्टर पढिरहेकी छन् रामपुरमा। धिरज अधिकारी टियूटिएचका १० हजार विद्यार्थीमध्ये टपमा नाम निकाल्न सफल भएका छन् । यो सुन्दा हामीलाई गौरव लाग्छ । २०७९ को म्यानेजमेन्टको व्याचमा निश्चलता जोशीले ३।६७ जिपिए ल्याईन । उनले पियूमा पढिरहेकी छन् । यही हो गौरव लाग्ने कुरा अनि खुसी साटासाट गर्ने कुरा कि जसलाई हामीले पढाउन पायौं।

अभिभावकले विद्यालयलाई विश्वास गरेर जसरी विद्यार्थी ल्याउनु भएको छ । हामी त्यो विश्वासलाई परिणाममा परिनत गर्ने कुरामा कुनै कसर बाँकी राख्नेछैनौ । तर बेला बेलामा आएर भेटघाट र सल्लाह दिन आग्रह गरे । उनले यस्ता जिवनउपयोगि कार्यक्रमहरु विद्यार्थी र अविभावकका लागि आगमी दिनमा पनि गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

सहप्राचार्य मन बहादुर भुजेलले विभिन्न भिडहरुमा नभई यहाँ विद्यार्थी ल्याउनु हुने अविभावकको चाहनामा कत्तिपनि तलमाथि हुन नदिने बताए । उनले पोखराका विभिन्न विद्यालय, हुम्लाबाट, पूर्वबाट, १२, १३ जिल्लाका विद्यार्थी भर्ना भएको बताए । उनले भने, एसइईपछि अब नयाँ च्याप्टर शुरु भयो । हामी हाम्रा साईन्स, व्यवस्थापन र होटल म्यानेजमेन्टमा भर्ना भएका विद्यार्थीको उज्जवल भविष्यको लागि दिलो ज्यानले अध्यापन गराउँछौं ।

कार्यक्रममा साईन्सतर्फका संयोजक केशव अधिकारी, व्यवस्थापन संयोजक विकास ढुंगाना लगायतले विषयगत कुराहरु राखेका थिए । सो अवसरमा कक्षा १२ का विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका सहप्राचार्य मुकेश अधिकारीले संचालन गरेको कार्यक्रममा यसअघि स्वागत शिक्षक केशव अधिकारीले गरेका थिए। कार्यक्रम अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको थियो ।

You might also like

Comments are closed.