गिनिज वर्ल्ड रेकर्डर विष्टले रोजे मनास्लु वर्ल्ड कलेज

काठमाडौं । विश्व कीर्तिमानी राख्न सफल सौगात विष्टले मनास्लु वर्ल्ड कलेजमा कक्षा ११मा कानुन विषय अध्ययन गर्नका भर्ना गरेका छन् । उनले ७ वर्ष ३४० दिनको उमेरमा वर्लड रेकर्ड राखेका थिए ।

मनास्लुले राष्ट्रिय प्रतिभा भएकाले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्नकालागि पूर्ण छात्रवृत्ति दिएको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए । विष्टले विश्वको सबैभन्दा कान्छो निर्देशकको रुपमा सन् २०१४मा विश्व कीर्तिमान राख्न सफल भएका थिए । उनले निर्देशन गरेको चलचित्र ‘लव यु बाबा’ हो । यस चलचित्र मार्पmत नै विष्टले विश्व कीर्तिमान राख्न सफल भएका हुन् ।

मनास्लु वर्ल्ड कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त क्रियाकलापका क्षेत्रहरु – खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीलाई स्थापनाकालदेखि नै ५० प्रतिशत देखि शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी गराए ।

हजारौं विद्यार्थीको रोजाईमा रहेको मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकी संकायमा पढाई हुन्छ ।

You might also like

Comments are closed.