पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई

पोखार । पोखरा ८, फिर्केमा रहेको पोखरा इञ्जिनियरिङ कलेजमा चार वर्षे वि इ सिभिल र वि इ कम्प्युटरका साथै पाँच वर्षे बि आर्किटेक्चर विषयको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच विदाइ गरेको छ ।

कलेजका नवनियुक्त प्रिन्सिपल इं सोम गुरुङको प्रमुख आतिथ्यता र स्वतन्त्र विद्यार्थी परिषदका सभापति विराट सिग्देलको सभापतित्वमा सम्पन्न विदाइ कार्यक्रममा विद्यार्थीहरुको उज्जवल भविष्यको लागि शुभकामना दिनुका साथै अबका दिन अझ जटिल, जिम्मेवारीपूर्ण र अवसरका ढोकाहरु पनि खुल्दै जाने छ भनी प्रिन्सिपल इ. सोम गुरुङ, कम्प्युटरका विभमगिय प्रमुख इ। सुरज बसन्त तुलाचन,अतिरिक्त कृयाकलाप संयोजक इ। प्रविण श्रेष्ठ, र प्रशासन प्रमुख चिजकाजी गुरुङले मार्गनिर्देशनात्मक भनाइहरु राखेका थिए । कार्यक्रममा आर्किटेक्चर अन्तिम सेमेस्टरका विद्यार्थी आशिस पाण्डेले स्वागत मन्तव्य दिएको थियो भने विदाइ मन्तव्य सिभिल छैठौ सेमेस्टरकी छात्रा अग्रता शर्माले दिएकी थिइन् ।

त्यसै गरेर विद्यर्थीहरु सुभाष अचार्य, प्रभात रेग्मी, पवन लम्साल , सरोज पौडेलले , कृति न्यूपाने, उषा किरण भण्डारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति विराट सिग्देलले विद्यार्थीहरुमा अनुशानका साथै रहनेकलेजम अध्यनको लागि वातावरण सृजना गर्नमा परिषद सधै कलेज प्रशासन संग साथ रहने बताए । कार्यक्रममा विभिन्न सेमेस्टरमा टपर हुन सफल विद्यार्थिहरुलाई पुरस्कृत गर्नुका साथै गत सेमेष्टरमा ४र४ एस जि पि ए ल्याउन सफल ९ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

कलेजले यस वर्ष १७ औ ब्याचका विध्यार्थीहरुलाई विदाइ गरिरहदा हालसम्म १२ सय भन्दा बढि इन्जिनियर र पहिलो पाँच वर्षे आर्किटेक्चर व्याच उत्पादन गरेको छ ।विदाइ हुन लगेका विद्यार्थीहरुलाई कलेजले विजयी टिका, खादा र मायाको चिनो प्रदान गरेको थियो ।

 

You might also like

Comments are closed.