नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा टिम बिल्डिङ खेलहरू सम्पन्न

पोखरा । नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज, यस नेपाल टुरिजम् एण्ड होटल म्यानेजमेन्ट कलेज (एन.टि.एच एम.सी) छिनेडाँडामा शैक्षिक सत्र २०८०/८१ का कक्षा ११ मा अध्ययनरत १०८ जना विद्यार्थीहरूलाई दुई दिने टिम बिल्डिङ खेलहरु सम्पन्न भएको छ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीका अनुसर यस्ता टिम बिल्डिङ्ग खेलहरू साथीहरू बीचको सहकार्य, सञ्चार र सौहार्दता बढाउनको लागि आयोजना गरिन्छ। यी गतिविधिहरूले विद्यार्थीहरूलाई सँगै काम गर्न, चुनौतीहरू समाधान गर्न र एकअर्काबाट सिक्न प्लेटफर्म प्रदान गर्दछ। टोली निर्माण (टिम बिल्डिङ) खेलहरूमा भाग लिएर, विद्यार्थीहरूले प्रभावकारी सञ्चार, समस्या(समाधान र नेतृत्व जस्ता आवश्यक जीवन कौशलहरू विकास गर्छन्, जुन उनीहरूको व्यक्तिगत र शैक्षिक वृद्धिको लागि महत्त्वपूर्ण हुन्छन्। यी खेलहरूले सामाजिक अवरोधहरू तोड्न, समावेशीतालाई प्रवर्द्धन गर्न र विद्यार्थीहरूले आफूलाई व्यक्त गर्न सहज महसुस गर्ने सकारात्मक कक्षाकोठाको वातावरण सिर्जना गर्न पनि मद्दत गर्छन् भनेर प्रस्टाए । टिम बिल्डिङ खेलहरूले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको लागि तयार पार्छ, समुदायको भावनालाई प्रोत्साहित गर्छ र उनीहरूको समग्र विकासमा योगदान पुर्‍याउँछ भनेर यस्ता खेलहरु खेलाएको बताए ।

यस्तै +२ कार्यक्रम संयोजक दिनेश कुमार यादवले यस्ता टिम बिल्डिङ खेलहरूले महत्त्वपूर्ण सीप र गुणहरू प्रवर्द्धन गर्दै सकारात्मक र समावेशी सिकाइ वातावरण बनाउन विद्यार्थीहरूको लागि टिम बिल्डिङ खेलहरू आयोजना गरिएको बताए। यी गतिविधिहरूले विद्यार्थीहरू बीचको सहकार्यलाई प्रोत्साहित गर्दछ, उनीहरूलाई साझा लक्ष्यहरू तर्फ सँगै काम गर्न र उनीहरूको सञ्चार क्षमताहरूलाई बलियो बनाउन मद्दत गर्नेछ भनेर जोड दिए । यस टिम बिल्डिङ खेलहरूमा कक्षा १२ का २४ जना विद्यार्थीहरुले आयोजकका रुपमा सहजिकरण गरेका थिए । विद्यार्थीहरुलाई आठ ओटा उपसमुह बनाई दुई दिने टिम बिल्डिङ्ग खेलहरु खेलाईएको थियो । विभिन्न २७ बिधाका खेलहरू  Guess Movie, Balloon & Cup, Spoon Mable, Sponge Squeeze, Chinese Wisper, Lava Walk, Hot Potato, What’s in the Box, Bottle Flip, Musical Chair, Cup Stacking, Treasure Hunt, Bingo, Copy and Act, Leg Race, Tug of War, Tray Handling & Sticky Bomb आदि समावेश गरिएका थिए ।

मंगलबार र बुधबार भएका बिभिन्न खेलहरुमा प्रथम स्थान हासिल गर्ने बिजेताहरु Tray Handling मा Karan Ranabhat, Spoon and Marble मा Pradip Gharti, Hot Potato मा Neeti Gurung, Musical Chair मा Aayush Giri, Ballon Blasting मा Sandesh Thapa, Bingo मा Bal Krishna Pandey  र What’s in the box मा Pooja Pandey लाई प्रिन्सिपल प्रकाश रेग्मीले पुरस्कार प्रदान गरेका थिए ।

समापन पश्चात् केही विद्यार्थीले आयोजक कक्षा १२ का विद्यार्थी र कलेज परिवार प्रति आभार व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.