अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्थाको अध्यक्षमा लक्ष्मण केसी

काठमाडौं । प्रेसिडेन्सियल कलेजका संस्थापक लक्ष्मण केसी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को अध्यक्ष निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न साधारणसभाले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा सर्वसम्मत चयन गर्ने सम्पूर्णप्रति केसीले आभार व्यक्त गरेका छन् ।

संस्थाको निवर्तमान अध्यक्षमा समीर थापा छन् । वरिष्ठ उपाध्यक्षमा मिथिलेश कुमार झा, उपाध्यक्षमा विज्ञान श्रेष्ठ, महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी चयन भएका छन् ।

कार्य समिति सदस्यमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा र रवि फुयाँल र सल्लाहकार पंकज जलान र समीर थापा चयन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए ।

You might also like

Comments are closed.