पोखरा । पोखरामा रहेको माउण्ट अन्नपूर्ण मा.वि.ले विद्यार्थीहरुको नेतृत्व क्षमता तथा विविध पक्षहरुको विकासका निम्ति व्यवस्थापन तथा होटल व्यवस्थापन विषय अन्तर्गत कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुबीच बिभिन्न क्लवहरु गठन गरेको छ ।
जस अनुसार GAMES & SPOTS CLUB कक्षा १२ मा अध्ययनरत छात्र संगम हितानको नेतृत्वमा गठन गरिएको थियो । SOCIAL SERVICE CLUB कक्षा १२ मा अध्ययनरत छात्र सोयव अलिको नेतृत्वमा साथै MUSIC, ART AND LITERATURE CLUBकक्षा १२ कै दिपेश आलेको नेतृत्वमा गठन गरिएको थियो । क्लव अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि क्लव अध्यक्षका उमेदवारहरु सबैले आफुलाई विजय गराउन औपचारिक कार्यक्रमकाबीच नै सबैसंग भोट अपिल गरेका थिए ।
उक्त निर्वाचन कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य सइन्द्र राज श्रेष्ठ तथा विद्यालयका एकेडेमिक डाइरेक्टर अशोक कुमार शाहीले क्लव गठन तथा निर्वाचन प्रकृयले विद्यार्थीहरुलाई उत्साहजनक सहभागिताका लागि आग्रह समेत गरेका थिए । कार्यक्रमको अन्त्यमा निर्वाचित पदाधीकारीहरुलाई विद्यालयका पुर्व अध्यक्ष चिजकाजी गुरुङ, विद्यालयका एडमिनिष्टे«टर चित्र बहादुर गुरुङले सम्मान गरेका थिए ।
Comments are closed.