क्यान महासंघ कास्की र आइसिटी सहकारीका सदस्यको आँखाको निःशुल्क परीक्षण

पोखरा । क्यान महासंघ कास्की शाखा र आइसिटी सहकारी पोखराको आयोजना तथा दृष्टि आँखा अस्पताल प्रालि नयाँ बजार पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखराको नयाँबजारमा आयोजित कार्यक्रममा ९२ जनाले आँखा परीक्षण गरेका छन् ।

पोखरा क्षेत्रमा पछिल्लो समय आँखा पाक्ने रोग बढेको छ । यसै सन्दर्भमा क्यान महासंघ कास्की र सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दैै कार्यक्रम आयोजना गरेको हो । क्यान र आइसिटी सहकारीका सदस्यलाई लक्षित गरी आँखा परीक्षण गरिएको क्यान महासंघ कास्कीका अध्यक्ष तथा कार्यक्रमका सभापति आशिष गुरुङले जानकारी दिए । आँखा परीक्षणसँगै आँखाको स्वास्थ्य सुरक्षाका बारेमा समेत सचेतना फैलाउने काम गरिएको सहकारीका अध्यक्ष शबी शेरचनले जानकारी दिइन् ।

क्यान महासंघ कास्कीका संस्थापक अध्यक्ष जगन गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष महेश्वर पोखरेल लगायतले बोलेका थिए । दामोदर डुम्रेको संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन सहकारीका सचिव विश्व प्रधानले गरेका थिए ।

क्यान महासंघ कास्कीले यस अगाडि एड्भान्स ग्राफिक डिजाइन तालिम, वनभोज कार्यक्रम, वेभसाइट परिमार्जन, प्रोफेसनल बुकको नयाँ संस्करण प्रकाशन, शान्तिपूर्ण विरोध कार्यक्रम, दृष्टिबिहीनलाई निःशुल्क कम्प्युटर तालिम, डिजिटल मार्केटिङ तथा रिसेन्ट ट्रेन्ड इन आइटी कार्यक्रम, सहयोग हस्तान्तरण, शिक्षा प्रदायक संस्थाहरुमा घरदैलो कार्यक्रम, क्यालेण्डर प्रकाशन, शुभकामना आदानप्रदान कार्यक्रम, प्रभातफेरी, कार्यालयन व्यवस्थापन, साइबर क्राइम, साइबर सेक्युरिटी तथा डिजिटल सिग्नेचर कार्यक्रम, टाइपिङ तथा क्विज प्रतियोगिता, ट्राफिक प्रहरीलाई कम्प्युटर हस्तान्तण कार्यक्रम लगायतका गतिविधि गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.