काठमाडौं । कंगारु एजुकेशन फाउन्डेसनको आयोजनामा ‘अल नेपाल रोड सो इनहाउस इभेन्ट’ हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी कंगारुले रोड सो कार्यक्रम गर्न लागेको हो ।
अगस्ट १४ देखि २२ सम्म रोड सोे कार्यक्रम हुने प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सेनाले जानकारी दए । अगस्ट १४ मा काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा रोड सो कार्यक्रम हुनेछ । अगस्ट १५ मा बिर्तामोड, १६ मा इटहरी, १८ मा चितवन, २० मा बुटवल र २२ मा पोखरामा हुने उनले जानकारी दिए ।
विद्यार्थी र अभिभावकलाई ‘फस्ट ह्याण्ड इन्फरमेसन’ प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको उनले बताए । ‘रोड सो कार्यक्रममा विदेशस्थित प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकका लागि रोड सो कार्यक्रम निकै प्रभावकारी हुनेमा हामी विश्वस्त छौं ।’
कंगारुले युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेका छौं । विद्यार्थीको रुची, क्षमता, शैक्षिक स्तर, आर्थिक अवस्था हेरेर देश, कलेज तथा युनिर्भसिटी छनोट गर्न कंगारुले सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।
‘कंगारुमा आबद्ध काउन्सिलरहरु लामो समयको अनुभवी, दक्ष तथा सर्टिफाइड हुनुहुन्छ,’ तिमल्सेनाले भने, ‘सत्य, तथ्य परामर्शका लागि कंगारु विद्यार्थीको रोजाईमा पर्दै आइरहेको छ ।’ रोड सो कार्यक्रममा सहभागी भई पछिल्लो परिवर्तित नीति नियम लगायत विदेशको शिक्षा प्रणालीका बारेमा आवश्यक सम्पूर्ण जानकारी लिन कंगारुले विद्यार्थीलाई आग्रह गरेको छ ।
‘नेपालको विभिन्न भागमा रहनुभएका विद्यार्थी तथा अभिभावकलाई विदेशस्थित कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याउनु रोड सो कार्यक्रमको प्रमुख उद्देश्य हो,’ उनले भने । रो सोमा विभिन्न २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागिता रहने उनले जानकारी दिए ।
Comments are closed.