कंगारु अल नेपाल रोड सो इनहाउस इभेन्ट’ आजबाट

काठमाडौं । कंगारु एजुकेशन फाउन्डेसनको आयोजनामा आज (अगस्ट १०) देखि ‘अल नेपाल रोड सो इनहाउस इभेन्ट’ हुने भएको छ । आज कंगारुको मुख्य कार्यालय पुतलीसडकमा कार्यक्रम हुनेछ । आज १० बजेदेखि साँझसम्म कंगारु हलमा कार्यक्रम हुने बताइएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी कंगारुले रोड सो कार्यक्रम गर्न लागेको हो ।

युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्ने लक्ष्यसहित कंगारुले इभेन्ट गर्न लागेको हो । ती देशका युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु इभेन्टमा प्रत्यक्ष सहभागी हुने प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए । अगस्ट १४ मा काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा रोड सो सम्पन्न भएसँगै अगस्ट १५ मा बिर्तामोड, १६ मा इटहरी, १८ मा चितवन, २० मा बुटवल र २२ मा पोखरामा कार्यक्रम हुनेछ ।

विद्यार्थी र अभिभावकलाई ‘फस्ट ह्याण्ड इन्फरमेसन’ प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको कंगारुले जनाएको छ । ‘रोड सो कार्यक्रममा विदेशस्थित प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्,’ तिमल्सिनाले भने, ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकका लागि रोड सो कार्यक्रम निकै प्रभावकारी हुनेमा हामी विश्वस्त छौं ।’

विद्यार्थीको रुची, क्षमता, शैक्षिक स्तर, आर्थिक अवस्था हेरेर देश, कलेज तथा युनिर्भसिटी छनोट गर्न कंगारुले सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।

‘कंगारुमा आबद्ध काउन्सिलरहरु लामो समयको अनुभवी, दक्ष तथा सर्टिफाइड हुनुहुन्छ,’ तिमल्सिनाले भने, ‘सत्य, तथ्य परामर्शका लागि कंगारु विद्यार्थीको रोजाईमा पर्दै आइरहेको छ ।’ रोड सो कार्यक्रममा सहभागी भई पछिल्लो परिवर्तित नीति नियम लगायत विदेशको शिक्षा प्रणालीका बारेमा आवश्यक सम्पूर्ण जानकारी लिन कंगारुले विद्यार्थीलाई आग्रह गरेको छ ।

‘नेपालको विभिन्न भागमा रहनुभएका विद्यार्थी तथा अभिभावकलाई विदेशस्थित कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याउनु रोड सो कार्यक्रमको प्रमुख उद्देश्य हो,’ उनले भने । रोड सोमा विभिन्न २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

You might also like

Comments are closed.