एसिसिए कोर्षका लागि आकर्षक गन्तव्य बन्दै ‘प्रिजम एजुकेसन एण्ड करियर’

पोखरा। पोखरा–९ बास्तोलाथरमा सञ्चालित प्रिजम एजुकेसन एण्ड करियरले एसिसिए कोर्ष संचालनमा ल्याएको छ । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड एकाउन्टेट बन्न सक्छन् र एसिसिए कोर्षको स्कोप विश्वव्यापी रुपमा नै रहेको बताउँछिन् प्रिज्म एजुकेसनका कार्यकारी अध्यक्ष श्रमीक जिसी ।

‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो कोर्ष धेरै उपयोगी कोर्ष हो,’ उनले भनिन् । यस कोर्षमा एसईई पछि नै विद्यार्थी आवद्ध हुन सक्छन् । प्लस टु, व्याचलर, मास्टर्स, सिए अध्ययनरत तथा अध्ययन सकेका विद्यार्थीले पनि यो कोर्ष अध्ययन गर्न पाउँछन् । यसको परीक्षा विदेशमा कम्प्युटर र पेपर बेस्ड दुवै तरिकाले हुन्छ भने नेपालमा कम्प्युटर बेस्ड हुन्छ ।

२ देखि ३ वर्षको अवधिमा यो कोर्ष सकिन्छ । प्लस टु सकेर अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले प्लस टुसँगै यो कोर्ष पनि पढ्न सक्छन् । पढ्दापढ्दै बाहिर गएपनि विश्वको जुनसुकै देशमा गएर पुरा गर्न सकिने र पास गरेका विषयहरुको आधारमा विश्वब्यापी रूपमा रोजगारको अवसर पाइने जिसी बताउँछिन् । ‘विद्यार्थीले जुन लेभल कटाएका छन् सोही अनुसारको जागिर पनि पाउँछन्,’ जिसीले भनिन्, ‘दक्ष तथा अनुभवी सिए र एसिसिएले पढाउने हुँदा विद्यार्थीलाई पोखरामा नै गुणस्तर शिक्षा दिन सफल भएका छौं ।’

बिहान, दिउँसो र बेलुका गरि ३ सिफ्टमा प्रिजम एजुकेसनमा कक्षा संचालन भइरहेको जिसीले जानकारी दिइन् । एसिसिए सर्टिफाइड भएपछि विश्वको जुनसुकै स्थानको काम घरमा नै बसेर पनि गर्न सकिने जिसीले बताइन् । यस कोर्षमा हरेक छेत्र र तहका विद्यार्थीहरुले पढ्न पाउने अबसर प्राप्त हुने उनले बताइन् । उच्च शिक्षा अध्ययन तथा कामका लागि विदेश जान चाहने विद्यार्थीका लागि झनै बढी राम्रो अवसर हुने उनको भनाइ छ । ‘प्लस टु पछि उच्च शिक्षा अध्ययनको लागि बाहिर जाने प्रचलन बढ्दो छ । जसले गर्दा हरेक नेपाली विद्यार्थीले आफ्नो क्षेत्रमा सम्मानजनक काम पाउन कठिन छ तर एसिसिए गरेर जादा आफ्नो लेवलको काम पाउने हुदा विश्वमा यसको महत्व दैनिक रूपमा बढ्दो छ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रियस्तरको प्रोफेसनल कोर्ष भएको कारणले नेपालमा पनि अनलाइन तथा फिजिकल रोजगारको अबसर बढ्दो रहेको जिसीले बताइन् । अर्कोतर्फ नेपालमा नेपाली सिए बराबर मान्यता पाउन एसिसिए लेवल १ र २ कटाए पछि शिधै नेपाल बोर्डको CAP III पढ्न पाउनुका साथै त्यो कटेपछि (Signing Authority) पनि पाइने उनले बताइन् ।

जुन विषय फेल भयो त्यो मात्र दिदा हुने, हरेक ३-३ महिनामा जाँच दिन पाइने लगायत धेरै सुबिधाका कारणले युके बोर्डको चार्टर्ड एकाउन्टेन्ट कोर्ष नेपाल र ईन्डियन बोर्ड भन्दा धेरै सहज र महत्त्वपूर्ण रहेको उनले बताइन् । ‘अब विद्यार्थीहरुलाई काठमाडौं जानु नपर्ने र आफ्नो शहर पोखरामानै गुणस्तर शिक्षा प्राप्त गर्न प्रिजम एजुकेशन एण्ड करियरले सहज गराएको छ,’ उनले भनिन् । एसिसिए कोर्समा भर्ना खुलिरहेको र इच्छुक विद्यार्थी र अभिभावकले सम्पर्क गर्न सक्ने जिसीले जानकारी दिइन् ।

You might also like

Comments are closed.