काठमाडौं । कंगारु एजुकेशन फाउन्डेसनले आयोजना गरेको ‘अल नेपाल रोड सो इनहाउस इभेन्ट’ सम्पन्न भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी कंगारुले रोड सो कार्यक्रम गरेको हो ।
युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियाका ३० वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि इभेन्टमा सहभागी थिए । विद्यार्थी र अभिभावकलाई ‘फस्ट ह्याण्ड इन्फरमेसन’ प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए । ‘उद्देश्य अनुसार कार्यक्रम सफल भएको छ,’ उनले भने ।
कंगारुले काठमाडौं, बिर्तामोड, इटहरी, चितवन, बुटवल र पोखरामा इभेन्ट आयोजना गरेको थियो । इभेन्टमा धेरै विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको तिमल्सिनाले बताए ।
कंगारुले युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ ।
Comments are closed.