मैत्रीपूर्ण बास्केटबल खेलमा एन.टि.एच.एम.सी विजयी

पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा आयोजना गरिएको मैत्रीपूर्ण बास्केटबल खेलमा एन.टि.एच.एम.सी विजयी भएको छ ।

एन.टि.एच.एम.सी र पोखरा युनाईटेडबीचको फाइनल खेलमा एन।टि।एच।एम।सीले पोखरा युनाईटेडलाई ३६/४१ को सेटमा हराउँदै जित हाँसिल गरेको हो । उक्त खेलमा दुबै कलेजका कक्षा १२ का विद्यार्थीहरुले भाग लिएका थिए ।

यसअघि खेलको एन।टि।एच।एम।सीका प्राचार्य प्रकाश रेग्मीले खेलाडीहरुलाई बास्केटबल हस्तान्तरण गरी खेलको उद्घाटन गर्दै गरेका थिए। सो अवसरमा उनले खेलले स्वस्थता दिनुका साथै आतिथ्य, मैत्रीभाव बढाउने र खेलको माध्यमबाट फेलोसिप कल्चरको विकास हुने बताए ।

खेलालीहरुको हौसला बढाउन दुबै कलेजका शिक्षक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सो खेलको कोचको भूमिकामा लाजन चोचाङ्गे पुन र तेजीन रोका रहेका थिए ।

मैत्रीपूर्ण खेल सकिएपछि दुबै टोलीका खेलाडीहरुले ‘सामूहिक फोटो खिचेका थिए । खेलको लागि न्यानो आतिथ्यता दिएकोमा पोखरा य’नाईटेडको टोलीले आयोजक एन।टि।एच।एम।सी कलेजलाई आभार व्यक्त गरेको थियो ।

आयोजक कलेज एन.टि.एच.एम.सीको टोलीले खेलाडीहरुको लागि जुस, चीया र केक खुवाएर बिदाई गरेको थियो ।

You might also like

Comments are closed.