क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन पोखरामा

पोखरा, २० चैत

राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ती क्षत्री एकता आजको आबश्यकतालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपालको ऐतिहासिक तेस्रो महाधिबेशन यही चैत्र २३ र २४ गते पोखरामाहुने भएको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले जनसंख्या सँगै शक्तिमा पनि ठुलो रहेको यस समुदायलाई प्राय सेवासुविधा जस्ता बिषयमा बन्चित गराउने कोसिस राज्यले गरेको प्रति असन्तुष्ट व्यक्त गरे । राज्यबाट प्रत्येक जाती सम्प्रदायलाई समान हक अधिकार, सुविधा एवं व्यवहार गरिनुपर्ने धारणा स्थापित गर्न आन्दोलनमा उर्तिनु परेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै दिलबहादुर थापाले गाउँ, नगर, क्षेत्र, जिल्ला एवं प्रदेशका ६० भन्दा बढी जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने बताए । कार्यक्रममा आन्दोलन गर्ने हतियार के ? भन्ने बिषयमा पत्रकारले सोधिएको प्रश्नको जवाफ दिदैँ थापाले क्षत्रीहरुले उठाएको आवाज नै मुख्य हतियार रहेको बताए । उनले खस क्षत्री जातिय समाजमा जोडिएका भएपनि शार भने भिन्न रहेको बताए ।

क्षत्री समाज नेपालले विगतका वर्षहरुमा गर्दै आएका माग र मुद्दाहरु पुरा गर्न एकजुट भएर लागिपर्नु अपरिहार्यता अनुसार थप प्रभावकारी दवाव मुलक कार्यक्रम गरिने समाजका महासचिव रोमबहादुर कार्कीले बताए । साथै धार्मिक स्तन्त्रता सहितको हिन्दु राष्ट्र नेपाल कायम गर्नुपर्ने माग सहित देशव्यापी कार्यक्रम गरिने उनले बताए ।

त्यस्तै राज्यको विभिन्न तहमा समान पहुँचका लागि जातिय जनसंख्याको प्रतितका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित कायम गराउन माग गर्दै आरक्षण जातिय रुपबाट भन्दा विपन्न वर्गलाई उपलब्ध गराउनु पर्नेमा जोड दिईएको छ ।

राष्ट्रिय अखण्डता, धार्मिक सहिष्णुता, जातिय सद्भाव र समन्वयको मर्मको रक्षा गर्न सम्पुर्ण जातजाति एकजुट हुन अति आवश्यक रहेको नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं क्षत्री महिला समाज नेपालका केन्द्रिय महासचिव बिमला भण्डारीले बताईन् ।

कार्यक्रममा बोल्दै क्षत्री समाज नेपालका केन्द्रिय सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले पोखरामा हुन लागिरहेक चार वर्षको लागि नयाँ कार्यसमिति चयनमा विगतका वर्षहरुमा जस्तै कस्केली सरोसकारवालाबाट विशेष सहयोगको अपेक्षा राखिएको बताए ।

क्षत्री समाज नेपालको तेश्रो महाधिवेशनमा देशभरबाट हजारौँ क्षत्रीको उपस्थितिमा प्रमुख अतिथी पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा एवं बिशिष्ट आमन्त्रित ब्यक्तित्वहरुमा पूर्व उपप्रधानमन्त्री भिम रावल, पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व उपप्रधान मन्त्री चित्र बहादुर के.सी र पूर्व प्रधान सेनापती रुक्माङ्गत कटवाल रहनेछन् ।

महाधिवेशन सफल पार्नका लागि केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाको संयोजकत्वमा १५ वटा विभिन्न समिति एवं उपसमिति गठन गरिएको छ ।
¥याली बिहान १०ः३० बजे मानबअधिकार चोकबाट शुरु भई प्रर्दशनी केन्द्र नयाँबजारमा गएर सभामा परिणत हुनेछ । सो महाधिवेशनमा क्षत्री जातीको भेषभुषा, सारुन नृत्य र अन्य झाँकीहरु प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.