‘नाडा अटो शो’ एक्सक्लुसिभ टिकटिङ पार्टनरमा ‘खल्ती’, २०% क्यास्ब्याक

काठमाडौं । ‘खल्ती’ले “नाडा अटो शो २०२३’सँग एक मात्र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन् ।

भदौ २६ देखि ३१ सम्म हुन गइरहेको एक्स्पोमा विद्यार्थीले १ सय ५० रुपैयाँको र अन्यले २ सय रुपैयाँको टिकट खरिद गर्नुपर्छ । टिकट शुल्कमा खल्ती मार्फत २० प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यस वर्ष नाडा अटोमा १७ वटा चारपाँग्रे, २३ वटा दुई पाँग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन् ।

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नाडा अटो शो २०२३ सँग एक्सक्लुसिभ टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । ‘हाम्रो डिजिटल टिकटिङ सुविधाले प्रदर्शनी स्थलमा भिड कम गरि भ्रमणकर्ताहरूलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सफल बनाउने कुरामा हामी विश्वस्त छौं । साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नकालागि २० प्रशित क्यास्ब्याक पनि प्रदान गर्नेछौं,’ उनले भने ।

You might also like

Comments are closed.