काठमाडौं । देशभरका शिक्षकहरु आजपनि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा विधेयकविरुद्धको उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनलाई आज पनि निरन्तरता दिइने महासंघले जनाएको छ ।
आफ्ना मागहरु पुरा नभएको भन्दै महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । आज पनि शिक्षक आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ । बिहीबार सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको थियो ।
सरकारले ल्याएको शिक्षा विधेयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै तत्काल विधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन नछोड्ने उनीहरुले जनाएका छन् ।
शिक्षक आन्दोलनका कारण देशभरका सरकारी विद्यालयको पठन पाठन ठप्प भएको छ ।
Comments are closed.