के हो रेबिज रोग, कसरी सर्छ ?

सुरेश कुमार श्रेष्ठ
प्राविधिक अधिकृत
पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, गण्डकी प्रदेश, पोखरा
महासचिव
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA)

परिचय
रेबिज मानिस तथा जनावरहरुमा लाग्नसक्ने एक प्राण घातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३००० वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ । यो रोगको विषाणुले मुख्यतया केन्द्रिय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्छ । यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । खास गरेर पशु स्वास्थ्यकर्मीहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ । नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई विरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको छ ।

रोगको कारण
यो रोग Lissa  Virus  बाट लाग्छ ।

सर्ने तरिका:
रेविजको सम्वाहक बहुला जनावर नै मानिन्छ । यस्ता जनावरको र्यालमाभएको विषाणु र उक्तजनावरको टोकाई वाअन्य माध्यम हुदै शरिरका विभिन्न स्नायु प्रणाली हुदै मस्तिष्कमा पुग्छ ।
यो रोग २ प्रकारले सर्दछ ।
१) टोकाईबाट
२) विना टोकाईबाट

रेविज रोग लाग्न सक्ने सम्भावित कारणहरु
१) वहुला कुकुर वा विरालोले टोकेमा ।
२) जंगली जनावर जस्तै स्याल,व्वांसो, न्याउरीमुसा फ्याउरोले अकस्मात टाकेमा ।
३) वहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा ।
४) रेविज लागेको गाई भैसिलाई जवर जस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा ।
५) रेविज रोग लागि विरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा ।
६) रेविज लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा र्याल, गिदि लसपस हुन पुगेमा
७) रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा ।

लक्षणहरु :
कुकुरमा रेविजको लक्षणहरु २ अवस्थामा देखा पर्दछ ।
१ उत्तेजितअवस्था
२ लाटो अबस्था

उत्तेजितअवस्था
-सामान्यवानीव्यहोरा र सिल स्वाभावमा परिवर्तन ।
-मालीकले बोलाएको नसुन्ने,भनेको नमान्ने, चन्चलहुने, अध्यारो रुचाउने ।
-मालीक र अन्य कुकुर संग मिलेर वस्न नचाहने ।
-आक्रमक स्वभावको विना कारण जे पायो त्यसैलाई झम्टने , मालीकलाई समेत टोक्ने
टाँगमुनी पुच्छर हालेर दौडने ।
-बाटोमा अगाडी पर्नेकुनै पनि वस्तु, पशु वा मान्छेलाई टोक्ने र लगातार दौडिरहने, भुकी रहने ।
-लामो दुरी तय गर्ने घर फर्कने वानफर्कन पनि सक्दछ ।
-पछि गएर माँसपेशीको पक्षघात हुने ।
-प्रसस्त र्याल काड्ने, भुक्ननसक्ने ।
-टाउको निहुर्याउने, जिव्रो बाहिर निकाल्ने
-पछाडीको खुट्टा कमजोर भई हिड्न नसक्ने ।
-रोगको लक्षण ४—७दिन सम्म रहन्छ । लक्षण देखाएको १० दिन सम्म बाच्छ ।

लाटो अवस्था
-कुकुर सुस्त हुने ।
-रयालनिकाली रहने ।
-शान्तसंग बसेको ४।५ दिनमा कुकुर मर्दछ
-गाई भैसीमा देखिने लक्षणहरु
-जनावरको हेराई एकोहोरो हुृन्छ ।
-अकस्मातजनावर तर्सने ।
-आक्रामक हुने मानिस वाकुनै पशु वस्तुलाई हान्ने
-अजिव स्वर गरेर कराउने ।
-दात किटकिटाउने , घाँस पानी ननिल्ने, निल्न नसक्ने ।
-आँखा राता राता पारी हेर्ने ।
-साँढे , राँगो खोजे जस्तो गरी पिसाव तुर तुर गर्ने ।
-विस्तारै पछाडीको भागको पक्षघात हुने लगातार र्याल काडी रहने गुद्धारको पक्षघात हुने
-पक्षघात भएको ३—४ दिनमा पशु मर्ने ।

रोगको पहिचान
१. लक्षणको आधारमा
२. प्रयोगशालामा मस्तीस्कको परिक्षण गरी रोग एकिन गर्न सकिन्छ ।

रेवीज विरुद्ध खोप लिनुपर्ने अवस्था
१. लक्षणको आधारमा वहुला हो भन्ने एकिन भएको कुकुरले टोकेमा ।
२.टोक्ने कुकुर मारीएमा ।
३.टोक्ने कुकुरको पहिचान गर्न नसकिएमा ।
४. टोक्ने कुकुर हराएमा वा वेपता भएमा ।
५. शंकास्पद कुकुर रेवीज रोगको लक्ष्ण देखाई ज्ञण् दिन भित्र मरेमा वा प्रयोगशालामा शंकास्पद मारिएको कुकुरको गिदि परीक्षण गर्दा रेबिज लागेको प्रमाणित भएमा ।
६. बहुला जनावरको र्याल आलो घाउ, चोटपटक लागेको भागमा परेमा ।
७. कुनै पनि जंगली जनावरले अकस्मात आक्रमण गरी टोकेमा ।
८. र्याल काढिरहेको गाईभैसीलाई औषधि खुवाउने क्रममा मुख भित्र हात हालेमा र पछि र्याल लसपस भएमा ।
९. केटाकेटीहरुलाई कुकुरले टोकेको तर टोक्ने कुकुरको पहिचान वयस्क व्यक्तिवाट हुन नसकेमा
१०. शंकास्पद परिस्थितिमा चिकित्सकको सल्लाह वमोजिम गर्ने ।

रेविज रोगको प्राथमिकउपचार
कुनै पनिवहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा टोकेको भागमा तुरुन्तै संभव भएमा सावुनपानीले नत्रभने सफापानीले ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा लगाउने औषधि (डिटोल, आयोडिनको झोल) लगाउनु पर्छ । यसरी रेवीजरोगको केहि हद सम्म प्राथमिकउपचार गर्न सकिन्छ ।
उपचार : रेबिज रोग VIRUS  बाट हुने भएकोले यो रोगको खासै उपचार हुदैन ।

रोकथाम :
बहुलाजनावरले टोक्नासाथ घाउलाई तुरुन्त सावुनपानीले राम्रो संग धुने र पोटास पानी जस्तो औषधिले घाउ सफा गर्ने ।
टोक्ने जनावरलाई तुरुन्तबाध्ने , थुनीप्रत्यक्ष नियन्त्रणमा राखी १० दिन सम्म चालचलन हेर्ने
निगरानी राखेको जनावर वा कुकुरले लक्षण देखाएमातुरुन्तखोप लगाउने । १० दिन सम्म कुनै चालचलनमा परिवर्तन नभए भ्याक्सिन नलगाउने । नोबिभ्याकनेजारया

रेविज रोगको तितो सत्य(HARD FACTS)
१) कुकुरमा रेविज रोग नलाग्ने तर रेविज विषाणु वोकेर हिड्ने वा स्वस्थ देखिएका कुकुरले अरुलाई टोकेर सार्ने (Carrier stage) अवस्था रहदैन ।
२) वहुलाजनावरले जुनसुकै भागमा टोके पनि रेविज विषाणु टोकेको भागवाट केवल स्नायु भएर मात्र मस्तिष्कसम्म पुग्छ । रेविजविषाणु स्नायु मार्फत प्रति घण्टा ३ मिलिलिटरको दरको मस्तिष्कतर्फ वढ्छ ।
३) रेविजलागेको जनावरको रगतमा रेविज विषाणु रहदैन ।
४) रेविजविषाणु ५६ डिग्रि सेल्सीयस तापक्रमम निष्क्रिय हुन्छ ।
५) आजसम्म रोगलागेको जनावरको दूधपिएर मानिसलाई रेविजरोग लागेको घटना रेर्कड गरिएको वा प्रमाणित भएको छैैन ।
६) मानिसकोहकमा रेविजविषाणुले गर्भवतिअवस्थामा सालनालभएर गर्भाशयमाप्रवेस गर्न सक्तैन । रेविजलागेको महिलाको पाठेघरबाट स्वस्थशिशु निकालिएको र वाचेको तथ्य छ ।
७) प्राकृतिकअवस्थामा रेविजरोग लागेर रोग प्रतिरोध गर्ने क्षमता विकसित हुदैन ।
८) रेविज रोग लाग्न कम्तिमा ३ दिन र वढिमा ८ वर्ष लागेको रेर्कड छ ।
९) साधारणः रेविजरोग लागेको कुकुर वा जनावर ६ दिनभित्र मरिहाल्छ । तर रेविजरोगको स्पष्ट लक्षण देखिनु भन्दा ४ दिन अगाडीको र्यालमा रेविज भाईरस पाईन सक्ने भएकोले विश्व स्वास्थय संघ (ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल) ले वढिमा १० दिन टोक्ने कुकुर हेर्न सिफारिस गरेको छ ।
१०) नेपालमावर्षेनी १ सय जना रेविज रोग लागेर मर्ने गरेको अनुमान छ भने विभिन्न समयमा गरेको सर्वेक्षण अनुसार २५००० भन्दावढि व्यक्तिले रेविजरोगवाट वच्नखोप लिने गरेको छ ।
११) एसियामा मात्र प्रत्येक १५ मिनेटमा एक मानिस रेविजलागेर मर्ने गर्छन्, रेविज रोगिहरु मध्ये कम्तीमा ४० प्रतिशत १५ वर्ष मुनिकाहुने गर्छन् । साथै प्रति घण्टा ८ सय मानिसले वहुलाजनावरको टोकाई वा सम्पर्कका कारण रेविजविरुद्ध खोप लगाउने गर्दछन् ।

(“ALL FOR 1 ONE FOR HEALTH”   १ को लागि सबै, सबैको लागि १ स्वास्थ्य भन्ने मुल नाराका साथ असोज ५ गतेदेखि ११ गतेसम्म विश्व रेविज दिवश तथा रेविज सप्ताह देशैभरि मनाईदै छ)

lcci
You might also like

Comments are closed.