पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखरा (वाडा) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई ट्राफिक सचेतना पर्चा हस्तान्तरण गरेको छ ।
नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको सामाजिक उत्तरदायित्व साझेदारी कार्यक्रम अनुसार पर्चा हस्तान्तरण गरिएको बताइएको छ । वाडा कार्यसमितिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्मालाई पर्चा हस्तान्तरण गरेको हो ।
६० हजार रुपैयाँ बराबरको ३० हजार थान पर्चा हस्तान्तरण गरिएको वाडाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।
Comments are closed.