नोभेल पोखरामा ब्रिज कोर्षका तयारी कक्षा सुरु

एसईई दिएका विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम

पोखरा, २४ चैत

पोखराको महेन्द्रपुलमा रहेको नोभेल इन्स्टिच्युट एजुकेशन कन्सल्टेन्सिले एस ई ई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै अभिमुखिकरण तालिम सँगै औपचारिक रुपमा ब्रिजकोर्षका तयारी कक्षाहरु सुरु गरेको छ ।

कक्षा ११ र १२ का लागि विज्ञान, व्यवस्थापन, ए लेभल, नर्सिङ, हेल्थ लगायत विभिन्न विषयका तयारी कक्षाहरु सुरु गरेको जानकारी दिएको छ । ईन्स्टिच्युटले स्नातक, स्नातकोत्तर तहका विभिन्न विषयहरुका पुर्व तयारी कक्षाहरु, विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, कृषि, हेल्थ, विविए, विएस्सी नर्सिङ लगायत अधिकांस विषयका सवै तहका तयारी कक्षाहरु प्रभावकारी र गुणस्तरिय रुपमा सञ्चालन गर्दै आएको ईन्स्टिच्युटका प्र्रबन्ध सञ्चालक देवराज शर्माले जानकारी दिए ।

सन् १९९७ देखि इन्स्टिच्युटले एस ई ई उत्तीर्ण पछि उच्च शिक्षा लिने विद्यार्थीको आफ्नो क्षमता र चाहना अनुकुलको र भविष्यमा फलदायी हुने उपयुक्त विषय छनौट गर्न सहजीकरणका साथै विद्यार्थीमा सिकाई प्रक्रियाको विकास गर्ने विभिन्न उत्प्रेरणामुलक विषयमा परामर्श सेवा र तालिम पनि प्रदान गर्दै आएको उनले जनाए । हरेक विद्यालयमा प्रथम, द्धितीय र तृतिय स्थान हासिल गर्ने र गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सत प्रतिशत सम्मको छात्रवृत्ति समेत प्रदान गरिने शर्माको भनाई छ ।

संस्थाले बाह्य मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई मध्यनजर गर्दै अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरीका, यु.के, जर्मनी, क्यानडा, जापान, लगायत मुलुकका विश्वविद्यालयहरुमा मध्यस्थता एवं परामर्शदाताको रुपमा सेवा प्रदान गर्नुका साथै विभिन्न जापानिज, कोरियन भाषाका तयारी कक्षाहरु, कम्प्युटर कोर्षहरु लगायत आरजे भिजे, डान्स र संगित सम्बन्धि परामर्श सेवा र तालिम पनि प्रदान गर्ने शर्माले जानकारी दिए । त्यसै गरि विद्यार्थीको चाहना अनुरुप दक्ष र अनुभवी शिक्षकहरु मार्फत पढाई हुने कारण नै विद्यार्थीहरुको पहिलो रोजाईमा नोभेल पर्ने गरेको उनको दाबी छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.