काठमाडौं । नाडा र हाम्रो बजार डटकमबीच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा संम्झौता भएको छ । बिहीबार एक कार्यक्रमकाबचि नाडाको सचिवालय टेकुमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतापत्रमा नाडाका तर्फबाट अध्यक्ष डा.धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट KMG का बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार डिजिटल अटो एक्स्पो गर्ने हाम्रो बजार डट कमले काठमाडौंको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिबारे nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।
Comments are closed.