काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘समिट एजुकेशन भिजा सर्भिसेस’ सञ्चालनमा आएको छ । क्यानबेरामा बस्दै आएका दुई युवा उद्यमी सागर पौडेल र विशाल कँडेलले समिट एजुकेशन सञ्चालनमा ल्याएका हुन् । सञ्चालकद्वय पौडेल र कँडेल नेपालबाट अष्ट्रेलिया गएको १० वर्ष भइसकेको छ । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरेका उनीहरु विभिन्न व्यापार व्यवसाय, काम तथा समाजसेवाको अनुभव संगालेका छन् ।
पौडेल र कँडेलले एनआरएन अष्ट्रेलिया क्यानबेराको विभिन्न पदमा रहेर सामाजिक काम गर्दै आएका छन् । कँडेल अहिले पनि एनआरएनए क्यानबेराको सचिव हुन् ।
सञ्चालनमा आएको समिट एजुकेशनको ग्राण्ड ओपनिङ अक्टोबर १५ मा हुने सञ्चालक सागर पौडेलले जानकारी दिए । ‘उच्च शिक्षा अध्ययनका लागि नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया आउने क्रम बढेको छ,’ पौडेलले भने, ‘यहाँ आउने विद्यार्थीलाई हामीले परामर्श सेवा लगायत अन्य आवश्यकीय सहजीकरण गर्नेछौं ।’
अष्ट्रेलियामा बसेर काम गरेको अनुभवले पनि यहाँ आउने विद्यार्थीलाई सेवा प्रदान गर्न सहज हुने उनले बताए । अष्ट्रेलियासँगै युएसए, न्युजिल्याण्ड र क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई पनि सेवा प्रदान हुने उनले बताए । परामर्श, डकुमेन्टेसन, टिकेटिङ लगायत विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा उपलब्ध गराउने अर्का सञ्चालक कँडेलले जानकारी दिए ।
त्यस्तै युनिभर्सिटी तथा कलेजमा भर्ना, भिजा एप्लिकेशन तथा माइग्रेसन एडभाइस, एजुकेशन एण्ड करियर काउन्सिलिङ, प्रोफेसन इअर प्रोग्राम, हेल्थ इन्स्योरेन्स लगायत सेवा समिट एजकेसनले प्रदान गर्नेछ । ‘समिट एजुकेशन सञ्चालनमा आएपछि धेरै विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ कँडेलले भने, ‘अनुभवी तथा दक्ष काउन्सिलरबाट सेवा प्रदान गर्नेछौं ।’
Comments are closed.