पोखरा । पोखरामा अशोक लेल्याण्डका गाडीको माइलेज चेक कार्यक्रम सम्पन्न भएको छ । अशोक लेल्याण्डको बडादोस्त पिकअप गाडीको माइलेज टेष्ट गरिएको आधिकारिक सर्भिस सेन्टर पिके ट्रेडिङ प्रालिका सञ्चालक प्रतीक सुवेदीले जानकारी दिए ।
प्रतिस्पर्धी अन्य ब्राण्डका पिकअपहरुको भन्दा अशोक लेल्याण्डको बडादोस्त पिकअपले राम्रो माइलेज दिएको सुवेदीले जानकारी दिए ।
पोखराको बुद्धचोकबाट नौडाँडा काँडेसम्म गाडीको माइलेज टेष्ट गरिएको थियो । उक्त अवसरमा बडादोस्तसँगै अन्य ब्राण्डका पिकअपहरु पनि सहभागी थिए । अन्य प्रतिस्पर्धी ब्राण्डले ९.५ प्रतिलिटर माइलेज दिदा बडादोस्तले १३.५ प्रतिलिटर माइलेज दिएको कम्पनीले जनाएको छ ।
हाइवे र राम्रो सडकमा प्रतिलिटर १८ किमी माइलेज यो गाडीले दिने कम्पनीले जनाएको छ ।
यसैबीच माइलेज ट्रायलसँगै अशोक लेल्याण्डको बडादोस्तको प्रदर्शनी गरिएको छ । कार्यक्रममा ३५ वडा गाडी सहभागी बताइएको छ ।
अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई ग्रुप अन्तर्गत आइएमई मोटर्स हो ।
Comments are closed.