काठमाडौं । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले ‘स्टडी इन नेपाल’को अवधारणा ल्याएको छ । नेपाललाई दक्षिण एशियाकै प्रमुख शैक्षिक गन्तव्यको रुपमा विकास गर्नुपर्ने उद्देश्यसहित आइप्यानले यो अभियान अगाडि सारेको अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
जस अन्तर्गत देश भित्र ‘स्टडी इन नेपाल’, ‘स्टे इन नेपाल’ (‘नेपाल मै पढौँ, नेपाल मै बसौँ’) भन्ने अभियान सन्चालन गर्ने संस्थाले जनाएको छ । दक्षिण एसियाली देशहरू भारत, बांगलादेश, पाकिस्तान र भुटान; दक्षिणपूर्व एसियाली देश म्यानमार र कम्बोडिया र अफ्रिकन देशहरूमा यो अभियान सञ्चालन गर्ने केसीले जानकारी दिए ।
नेपालमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिने हालका कानुनी व्यवस्थालाई परिवर्तन गरेर सहज ढंगले अध्ययन भिसा प्रदान गर्न संस्थाले सरकारसँग माग गरेको छ ।
आइप्यानको टोलीले उपप्रधानमन्त्री तथा गृह मन्त्री आदरणीय नारायणकाजी श्रेष्ठलाई भेटेर सम्बन्धित देशमा रहेका नेपालका नियोगहरू मार्फत सहज भिसा प्रदान गराउन आग्रह गरेको हो । वा ई–भिसा प्रदान गर्ने व्यवस्था मिलाउन पनि आइप्यानले माग गरेको छ ।
Comments are closed.