नेपाली काँग्रेस अछाम काठमाडौं सम्पर्क समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

नेपाली काँग्रेस अछाम काठमाण्डौ सम्पर्क समितिको आयोजनामा विजयादशमी, शुभ दिपावली, छठ पर्व एवम् नेपाल सम्वत ११४४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको प्रमख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै डा. देउवाले सवै जना संगठन बलियो बनाउन लाग्नुपर्ने बताइन् । उनले अवसरका लागि हतार नगर्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् । माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्ने शक्ति प्रदान गरुन् भन्दै उनले सवैले सकारात्मक सोच्नुपर्ने बताएकी छन् ।

कार्यक्रमका सभापति तथा अछाम–काठमाडौं सम्पर्क समितिका सभापति जनकबहादुर धामीले नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । साथै धामीले काठमाडौं र अछामलाई केन्द्रित गरि विभिन्न कार्यक्रम गरिने बताए ।

समितिका सचिव भीमबहादुर कुँवरले संचालन गरेको कार्यक्रममा स्वागत उपसभापति दुर्गाप्रसाद तिमिल्सिनाले गरेका थिए।

You might also like
Ram Tulasi Palpa

Comments are closed.