पोखरा । कसमस एजुकेशन ट्रेनिङ सेन्टरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल विद्यार्थी मानवी तिवारीलाई कुमुदिनी होम्सले सम्मान तथा वधाई दिएको छ । साथै उनलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
विद्यालयका अध्यक्ष अशोक पालिखेले कक्षा १० मा अध्ययनरत् छात्रा तिवारीलाई उनले हस्तलेखन प्रतियोगितामा प्रथम स्थान हाँसिल गरी प्राप्त गरेको नगद रुपैयाँ १५ हजार, मेडल तथा ट्रफि एक मंगलबार एक समारोहबीच समारोहबीच हस्तान्तरण गरे ।
सो अवसरमा पालिखेले आफ्ना विद्यार्थीहरुले पढाईको साथसाथै अतिरीक्त क्रियाकलापमा पनि उत्कृष्टता हाँसिल गरेकोमा खुसि लागेको र विद्यालयको गौरव बढाएको बताए ।
९, १० र ११ कक्षाका ७ हजार बढी विद्यार्थी सहभागि भएको प्रतियोगितामा आफ्नो विद्यार्थीले प्रदेशमै प्रथम स्थान हाँसिल गर्नु भनेको ठूलो खुसिको कुरा हो । यसका लागि शिक्षण सिकाईमा रहेका शिक्षक उमेश आचार्यको गाईड, अभिभावक तथा मानवी बधाईका पात्र हुनुहुन्छ, पालिखेले भने ।
यसअघि पनि हाम्रा विद्यार्थीहरुले खेलकुद, सांस्कृतिक कार्यक्रम, निबन्ध प्रतियोगिता लगायतका अन्य प्रतियोगिताहरुमा उत्कृष्टता हाँसिल गर्दै आएका उनले स्मरण गरे ।
विजेता विद्यार्थी मानवीलाई वधाई तथा पुरस्कार हस्तान्तरपछि अध्यक्ष पालिखेले बडा दशैं २०८०, आउदै गरेको तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा विद्यार्थी, अविभावक, विद्यालय परिवार र सबैमा हार्दिक शुभकामना व्यक्त गरे ।
Comments are closed.