तनहुँ, २८ चैत
उद्योग दिवसको अवसरमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आयोजनामा विहीवार सञ्चारकर्मी र व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ ।
सञ्चारकर्मी र व्यवसायीहरुबीचको सम्बन्धलाई अझै गाढा बनाउने उद्धेश्यले मैत्रीपुर्ण फुटबल खेल आयोजना गरिएको बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकुले जानकारी दिए ।
प्रतियोगीताको तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले रेफ्रि सोम थापालाई बल हस्तान्तरण गरी प्रतियोगीताको शुभारम्भ गर्दै बजार इकाइले व्यवसाय प्रवद्र्धन गर्न तथा सामाजिक उत्तरदायित्व बहन गर्नका लागी विभिन्न क्षेत्रमा उत्कृष्ट भूमिका निर्वाह गरेको चर्चा गर्दै मिश्रले अगामी दिनमा अझ उत्कृष्ट क्रियाकलाप गर्न शुभकामना व्यक्त गरेका थिए ।
यस्तैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्यले खेलले शारिरिक रुपमा स्वस्थ रहन सघाउ पु¥याउनुका साथै सञ्चारकर्मी तथा व्यवसायीको बीचको सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे ।
सञ्चारकर्मी र व्यवसायी बीच भएको खेलमा व्यवसायीले ३–० गोल अन्तरले सञ्चारकर्मीको टोलीलाई पराजित गरेको छ । मैत्रीपुर्ण खेलको विजेत टिमलाई डिसहोमको १ सेट सेटअप वक्स सहित छाता प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताको विजेता र उपविजेतालाई खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।
Comments are closed.