आर.एस.के. ट्रेड कन्सर्नद्वारा भूकम्प पीडितलाई सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्य आर.एस.के. ट्रेड कन्सर्नका सञ्चालक शशिकान्त अग्रवालले भूकम्प पीडितलाई सहयोग गरेका छन् ।

हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितहरुका राहत तथा उद्धारका लागि उनले सहयोग स्वरुप २५ हजार ५ सय १ रुपैयाँको चेक नाडालाई प्रदान गरेका हुन् ।

नाडा उपाध्यक्ष निराकार श्रेष्ठलाई उनले नाडा सचिवालय टेकुमा चेक हस्तान्तरण गरे ।

चेक सो हस्तान्तरण कार्यक्रममा नाडाका केन्द्रीय कार्यसमितिका सदस्य तथा स्पेयर पार्टस् समितिका सभापति सुनिल रिजालको पनि उपस्थिति थियो ।

You might also like

Comments are closed.