पोखरा । पोखरामा रहेको प्रतिभा माविका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत एमबिबिएस र बिडिएस तथा इन्जिनियरिङ अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् ।
चिकित्सा शिक्षा आयोगबाट कात्तिक १८ र १९ गते सञ्चालित एकीकृत प्रवेश परीक्षा अन्तर्गत एमबिबिएस र बिडिएसमा ११ जना विद्यार्थीले पुर्ण तथा आंशिक छात्रबृत्तीमा नाम निकाल्न सफल भएका छन् । ती मध्ये ५ जना विद्यार्थीले पूर्ण छात्रबृत्तीमा नाम निकालेका हुन् ।
त्यस्तै त्रि.वि., इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डद्वारा शैक्षिक वर्ष २०८०/८१ का लागि लिइएको स्नातक (द्य।भ्।रद्य।ब्चअज) तहको प्रवेश परीक्षामा १४ जना विद्यार्थीले छात्रबृत्तीसहित नाम निकाल्न सफल भएका छन् ।
त्रि.वि. व्यवस्थापन संकाय डिनको कार्यालयबाट लिइएको सिएमइटी परीक्षामा प्रतिभाका विद्यार्थी मनिका बास्तोलाले छात्रबृत्तीसहित पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी छन् ।
त्यसैगरी बिएसी एजी फरेष्ट्रीमा पनि प्रतिभाका विद्यार्थीले पूर्ण छात्रबृत्तीमा नाम निकाल्न सफल भएको प्रतिभाका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।
बिगतमा प्रतिभाका विद्यार्थी जे एन मिलनले एमबिबिएसमा देशभरमा एक नम्बरमा नाम निकालेर इतिहास कायम गरेका थिए । ‘बिगतका वर्षहरुदेखि नै प्रतिभाका मेधावी विद्यार्थीहरुले उत्कृष्ट नजिता निकाल्न सफल भएका छन्,’ उनले भने ।
Comments are closed.