कामना सेवा र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेजमा बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आफ्नो आबद्धताको प्रमाणको आधारमा सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

 

lcci
You might also like

Comments are closed.