पोखरा । चिनिया राजदूत चेन सोङले चिनिया विद्युतीय सवारी ब्राण्ड बिवाईडीको पोखरा शोरुमको अवलोकन गरेका छन् ।
बिवाइडीका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता उत्तमचोकस्थित प्लगइन अटोमोबाइल्स प्रालिको शुक्रबार राजदूत चोङले अवलोकन गरेका हुन् ।
उक्त अवसरमा राजदूत चोङले पोखरामा चिनियाँ ब्यापारका बारेमा चासो राखेका थिए । विद्युतीय गाडीको प्रवर्द्धन कसरी भइरहेको छ भन्ने बारेमासमेत राजदूतबाट चासो व्यक्त भएको प्रालिका सञ्चालक ओमप्रकाश उपाध्यायले जानकारी दिए ।
नेपालमा बिवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि हो । नेपालमा बिवाइडीको डल्फिन, इ६ र अटो ३ उपलब्ध छन् । बिवाइडी सिल गाडी छिट्टै नेपाली बजारमा आउने बताइएको छ ।
नेपाली बजारमा बिद्युतीय सवारीको माग बढिरहेको र बिद्युतीय गाडीहरु मध्ये बिवाइडी धेरै ग्राहकको रोजाईमा रहेको साइमेक्स इंकले जनाएको छ ।
Comments are closed.