नाडाको आसन्न निर्वाचनमा चौधरी प्यानलबाट मिश्रले उम्मेदवारी दिने

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को आसन्न निर्वाचनमा व्यवसायी दीपेन्द्र मिश्रले उम्मेदवारी दिने भएका छन् ।

स्पेयर्स पार्टस् व्यवसायमा अग्रणी कम्पनीका रुपमा स्थापित सत्यदीप इन्टरनेशनल प्रा.लि.का प्रवन्ध निर्देशक मिश्र गत निर्वाचनमा झिनो मतले पराजीत भएका थिए । उनले यस अगाडि नाडाको कार्यसमिति सहित विभिन्न उपसमितिमा रहेर काम गरिसकेका छन् ।

मिश्रले यस पटक करण चौधरीको प्यानलबाट उम्मेदवारी दिने भएका छन् ।

नाडाको ४७औं साधारणसभा तथा निर्वाचन पुस २० र २१ गते काठमाडौंमा हुँदैछ । निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

 

You might also like

Comments are closed.