शेयर कारोवारलाई सहज बनाउन ग्रीन डेभलपमेण्ट बैंक र नासा सेक्युरिटिज कम्पनीबीच सहकार्य

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र नासा सेक्यूरिटीज कम्पनी लिमिटेड (स्टक ब्रोकर नं. ५८) बीच निक्षेप सदस्य सेवा अन्तर्गत हितग्राही खाता खोल्ने सम्बन्धी सेवालाई सहजीकरण तथा विस्तार गर्ने सम्बन्धमा समझदारी कायम भएको छ ।
सम्झौता पछि बैंकका ग्राहकहरुले बचत खाताका साथसाथै डिम्याट खाता, शेयर टे««डिङ खाता (टिएमस), सी– आस्वा र मेरो शेयर सेवा लिन सक्नेछन् । आफ्ना ग्राहकहरुलाई सरल रुपमा शेयर कारोवार गर्न सहज होस भन्ने उद्धेश्यले उक्त सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरी बहादुर बुढाथोकी र नासा सेक्यूरिटीज कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक मदन पौड्यालले हस्ताक्षर गरेका छन् ।

 

 

lcci
You might also like

Comments are closed.