काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा अष्ट्रेलियाको नयाँ आप्रवासन रणनीति र नेपाली विद्यार्थीहरूमा यसको प्रभाववारे जानकारी दिने उद्धेश्यले इन्फरमेसन सेसन सम्पन्न भएको छ । बुधबार सम्पन्न सो सेसनमा इक्यान सदस्यरुको सहभागिता रहेको थियो ।
सो सेसनमा युएनएसडब्लु स्कुल अफ सोसल साइन्सका ग्लोबल डेभलपमेन्ट एण्ड पब्लिक पोलिसीका प्रोफेसर डा. कृष्ण कुमार श्रेष्ठ र इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे किनोड स्पिकर रहेका थिए ।
श्रेष्ठसँग अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा काम गरेको २ दशकभन्दा लामो अनुभव तथा बिशेषज्ञाता छ भने पाण्डेसँग एजुकेसनल काउन्सिलिङ, करियर काउन्सिलिङ, इन्टरनेशलन एडमिसन, इन्टरनेशनल एजुकेसन मार्केटिङ लगायतका वारेमा दक्षता रहेको छ ।
इन्फरमेसन सेसनले इक्यान सदस्यलाई अष्ट्रेलियाको नयाँ आप्रवासन रणनीतिवारे जानकारी प्रदान गरेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । इक्यानका महासचिव दिपकराज भुषालको सहजिकरण तथा ट्रेनिङ डिपार्टमेन्टको सक्रियतामा कार्यक्रम भएको हो ।
Comments are closed.