स्थापना दिवसको अवसरमा कुमुदिनीद्वारा मानव सेवा आश्रमलाई सहयोग

पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यालय स्थापनाको ३७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ । विद्यालयको ३७ औं स्थापना दिवस, पुरस्कार वितरण एवं अभिभावक दिवसको अवसरमा विद्यालयले पोखरा २५ हेम्जा बाबियातरामा रहेको मानव सेवा आश्रममा खाद्य सामग्री तथा नगद हस्तान्तरण गरेको छ ।

विद्यालयका संचालिका मीना पालिखेले विद्यालयको तर्फबाट खाद्या सामग्री तथा रुपैयाँ ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । विद्यालयबाट ३५ जना विद्यार्थी र पाँच शिक्षकसहित ४० जनाको टोली आश्रममा गएको सह प्राचार्य मन बहादुर भुजेलले जानकारी दिए । सेवा नै धर्म हो । मानवद्वारा मानव सेवामा समर्पित जीवन रुपान्तरणको प्रक्रियामा सामेल हुनु नै मुख्य उदेश्य भएको भुजेलले बताए । आश्रममा ११४ जना अनाथ, अपांगता भएकाहरु, बृद्धबृद्धा र मानसिक स्वास्थ्य समस्या भएकाहरु रहेका छन् ।

यसको सुरुआत २०६९ साल भदौ १४ गतेबाट ५ जनाले मुठ्ठिदान अभियान चलाएर गरिएको थियो । कार्यक्रममा मानव सेवा आश्रमको तर्फबाट सदिस पुनले आश्रमका बारेमा सहभागि विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको संचालन तथा विद्यालयको तर्फबाट सह प्राचार्य मन बहादुर भुजेलले सहजिकरण गरेका थिए ।

You might also like

Comments are closed.