आजबाट लेखनाथ महोत्सव, आर्थिक गतिविध बढाउने लक्ष्य

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी महोत्सव गर्दै आइरहेको छ । यस पटक महोत्सवको १९औं संस्करण पुस ५ देखि १६ सम्म हुँदैछ । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव सहयोगी हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक बिनोद श्रेष्ठ बताउँछन् ।

‘पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान गर्न, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न महोत्सव सहयोगी हुनेछ,’ उनले भने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने महोत्सवको मुख्य उद्देश्य रहेको वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले बताए ।

यस पटक महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । अटो ६, घरेलु तथा ग्रामीण/शैक्षिक प्रदर्शनी १२, कृषि २९, राष्ट्रिय उत्पादन प्रदर्शनी १६, किचन ३६, मेशनरी १०, हेन्डिक्राफ्ट १६, रेडिमेट तथा गार्मेन्ट ९६, जुत्ता तथा चप्पल १५, जनरल, २१, फुड एण्ड बेभरेज १२, डेरी १५ रेष्टुरेन्ट १७, बैंक, सरकारी तथा गैहसरकारी÷वित्तीय÷संघसंस्था ११, प्रायोजकका २२ स्टल रहनेछन् । पोखरा विश्वविद्यालय इन्जिनियरिङ फ्याकल्टी, रोबटिक क्लब, गण्डकी विश्वविद्यालय आविस्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी पनि महोत्सवमा हुने प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।

यस पटकको महोत्सवमा स्वदेशी उत्पादनका लागि विशेष प्राथमिकता दिइएको द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले जानकार दिए । उनी भन्छन्, ‘मेड इन नेपालको लागि महोत्सवमा हामीले प्राथमिकताका साथ स्टलहरुको व्यवस्थापन गरेका छौं । जहाँ नेपालमा उत्पादन भएका सामान बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।’

महोत्सवका आकर्षणहरुमा राष्ट्रिय औद्योगिक उत्पादन प्रदर्शनी, औद्योगिक व्यापार मेला, घरेलु तथा हस्तकलाका सामान बिक्री वितरण, शैक्षिक प्रदर्शनी अन्तर्गत राष्ट्रिय आविस्कार केन्द्रद्वारा आविष्कार गरिएका प्रविधि प्रदर्शनी, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, मेशिनरी सामग्री, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु लगायत रहनेछन् । ‘थप आकर्षणको रुपमा यस वर्ष थ्रिडी पिक्चरमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलइडी स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, दर्शकहरुका लागि ई सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएकोे छ,’ सुवेदीले भने ।

राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने साँस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु पनि आकर्षण बन्ने बनाइएको छ । जातजातिहरुका सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, युवा वर्गलाई लक्षित गरि सुगम संगीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु पनि महोत्सवमा समावेश गरिएको संघका महासचिव जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

महोत्सवमा साधारण टिकट ८० रुपैयाँ र विद्यार्थी टिकटका लागि ५० रुपैयाँ शुल्क कायम गरिएको छ । साँझ कन्सर्टको टिकट १५० रुपैयाँ कामय गरिएको छ । स्थायी प्रवेश पास शुल्क ३ सय रुपैयाँ काम गरिएको छ ।

२ लाख ५० हजार जनाले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अनुमानित आर्थिक कारोवार ९ करोड रुपैयाँ हुने तथा अनुमानित आम्दानी ९० लाख रुपैयाँ र अनुमानित खर्च ८० लाख रुपैयाँ भइ १० लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ । बचत रकम व्यावसायिक हित तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गरिने संघका कोषाध्यक्ष ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.