व्यावसायिक घराना लक्ष्मी ग्रुप ५१औं वर्षमा प्रवेश

काठमाडौं । व्यावसायिक घराना लक्ष्मी ग्रुप स्थापनाको ५१औं वर्ष प्रवेश गरेको छ ।

वि.सं. २०३० पुस ५ गते लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादन सुरु गरेसँगै यो समूहको उदय भएको हो । बुद्धिबहादुर श्रेष्ठ र गणेशबहादुर श्रेष्ठ दाजु भाइले तत्कालीन समयमा उक्त व्यवसाय सुरु गरेका थिए । अहिले यो ग्रुपको व्यवसायमा दोस्रो र तेस्रो पुस्तासमेत सक्रिय बनिसकेको छ ।

कम्पनीले आज विभिन्न सामाजिक उत्तरदायित्व बहनका कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ ।

यो समूहले मीठाई, दूध, प्लास्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स, स्टिललगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।

 

lcci
You might also like

Comments are closed.